शुक्रबार 26 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

मेरिज एनिभर्सरिको उपलक्ष्यमा मंगोल भिजनलाइ आर्थिक सहयोग

Mongol Vision | 20 जून 2020

मेरिज एनिभर्सरिको उपलक्ष्यमा मंगोल भिजनलाइ आर्थिक सहयोग

झापा / " मंगोल भिजन मिडिया समस्त ८०% अहिन्दू मूलवासी मंगोलहरुको ढुकढुकी हो" - सान बहादुर मेचे मंगोल नेशनल अर्गनाइजेनको प्रमुख मुखपत्र मंगोल भिजन राष्ट्रीय साप्ताहिक परिवारलाई मंगोल नेशनल अर्गनाइजेसन केन्द्रीय सर्वोच्च सभा सदस्य सान बहादुर मेचे ज्युले आफ्नो वैवाहिक जीवनको १२औं बसन्त पूरा गरि १३औं वर्षमा प्रवेश गरेको सुखद अवसरमा रू.५००० (रु.पाँच हजार) रकम सहयोग गर्नुभएको छ । उहाँ बि.स. २०६४ साल असार ६ गते आजकै दिन श्रीमती अनुपा मेचे संग वैवाहिक जीवनमा बाधिनु भएको थियो । हाल उहाँहरुको जेठा छोरा सिर्जन मेचे र कान्छा छोरा सिमाङ मेचे गरि २ सन्तान रहेको छ । समस्त ८०% अहिन्दू मूलवासी मंगोलहरुको पिर व्यथा र हकअधिकारको मुख्य आलेख मंगोल भिजन राष्ट्रिय साप्ताहिक पत्रीका मात्र रहेको र समस्त ८०% अहिन्दू मूलवासी मंगोलहरुको ढुकढुकी भएकोले मंगोल भिजनलाई हर तवरबाट सहयोग गर्नु हामी सम्पुर्ण मूलवासी मंगोलहरुको जिम्मेवारी रहेको बताउनु हुँदै उहाँले आफ्नो मेरिज एनिभर्सरिको अवसरमा यो सानो रकम मंगोल भिजन परिवारलाई सहयोग गर्नुभएको बताउनु भयो । उहाँको यो उदाहरणीय सहयोग साथै मंगोल मुक्तिको उच्च भावनाको कदर गर्दै वैवाहिक जीवको १३औं वर्षमा प्रवेश गरेको पावन अवसरमा मंगोल भिजन स-परिवारको तर्फबाट उहाँहरुको वैवाहिक जीवनको शुभकामना साथै आउदो दिनहरु सुखमय होस् भन्ने भावना व्यक्त गर्दछौं ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्