शुक्रबार 19 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

मिरमिरे चौकमा एम एनओको प्रशिक्षण सम्पन्न

DB Mongol | 12 अप्रिल 2021

मिरमिरे चौकमा एम एनओको प्रशिक्षण सम्पन्न

मोरङ/ मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा मोरङ्को पहलमा बेलबारी ३ मिरमिरे चौकमा मंगोल राष्ट्रबाद सम्बन्धि प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रमको संयोजकत्वको भुमिका बेलबारी नगर सभाका सदस्य विशाल राई र मोरङ जिल्ला सभाका सदस्य कुमार मगरले गर्नुभएको थियो । एकदिने मंगोल रास्ट्रबाद सम्बन्धी प्रशिक्षण प्रदान गर्नका लागि एम एनओ केन्द्रिय सदस्य सुरज फोम्बो लिम्बू ज्युको विशेष उपस्थिति रहेको थियो । कार्यक्रममा प्रमुख अतिथिले मानव अधिकार, मानव अस्तित्व, पहिचान भाषा, संस्कार, संस्कृतिका बारेमा बिस्तृत रुपमा बताएका थिए । हिजोको दिनमा मुलबासी मंगोलहरुसँग बिकल्प थिएन तर आज चिन्ने समय आएको छ । प्रमुख अतिथिले मानव अस्तित्व अधिकारको कुरा बुझेर पनि हामिले एमाले, कंग्रेस, राप्रपा इत्यादी बाहुने पार्टिलाई सहयोग गर्नु भोट हाल्नु भनेको आफ्नो चिहान आफै खन्नु हो, आफ्नो छोरा छोरिको गला रेट्नु जस्तै हो भन्दै प्रशिक्षण प्रदान गर्नुभएको थियो । अन्त्यमा जिल्ला सभाका अध्यक्ष बिकेन बान्तावा राई ज्युले हामिले यो देश्को लागि भावी सन्ततिको लागि र हाम्रो हक अधिकारको लागि भए पनि परिवर्तन हुनै पर्ने कुरामा जोड दिएका थिए । हाम्रो परिवर्तनले मात्र यो देशको मुहार र हाम्रो भावी सन्ततिको भाग्य र भविष्य बद्लिने छ नत्र समस्या ज्युको त्यु नै हुन्छ । त्यसैले परिवर्तन हामी बाटै हुनुपर्छ भन्दै सम्पुर्ण उपस्थित जनसमुदायहरुमा आफ्नो कुरा राखेका थिए । कार्यक्रममा स्वागत मन्तब्य बेलबारी नगर सभाका सदस्य विशाल राइले राख्नुभएको थियो भने कार्यक्रम सञ्चालन मोरङ जिल्ला सभाका सचिव धनराज लिम्बूले गरेका थिए ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्