शुक्रबार 19 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

मोरङ्ग जिल्लामा कथित कालो दशै बहिष्कार

Mongol Vision News | 9 अक्टोबर 2019

मोरङ्ग जिल्लामा कथित कालो दशै बहिष्कार

मोरङ्ग / मोरङ्ग जिल्ला सभाले पनि विभिन्न कार्यक्रम गरि हिन्दु आर्य बाहुन क्षेत्रीहरुको विजया दशमी बहिष्कार गरेको छ । यसदेशका अहिन्दु मुलवासी मंगोलहरुको पतनको दिन विदेशी खसआर्य हिन्दु बाहुनक्षेत्रीहरुको विजय शुरूवात भएको दिन कथित विजय दशै अहिन्दु मुलवासी मंगोलहरुको निम्ति कालो दिन थियोे । यसर्थ जव यो मंगोल भुमिमा समस्त अहिन्दु मुलवासी मंगोलसमुदायको निम्ति राजनैतिक चेतनाको ज्योति बनेर युगपुरुष अमर डा गोपाल गुरुङज्युको जन्म भयो । तव वहाँको पवित्र मंगोल दर्शन गाउँ- बस्ती कुना- कन्दरामा फैलिन थाल्यो । अहिले जहाँ डा गोपाल गुरुङज्युले प्राणको बाजी थापेर भद्रगोल जेलभित्र खोल्नु भएको संगठन मंगोल नेशनल अर्गनाइजेसन पुगेको छ । त्यहाँ हाम्रो मंगोल पुर्खाको टाउको छिनाली विजय उत्सव मनाउदै आएको कथित कालो दशै (हिन्दुआर्यको विजय उसत्व ) शसक्त रूपमा बहिष्कार गर्दै आएका छन् । मोरङ जिल्ला बेलवारी नगारपालिकाको आयोजनामा बेलबारी ३ मिर्मिरे चोक स्कुल छेउमा एक कार्यक्रम गरि संयुक्तरूपमा कालो दशै बहिष्कार गरेका छन् । उक्त विरोध तथा बहिष्कार कार्यक्रम मोरङ्ग जिल्ला अध्यक्ष बिकेन बान्तवा राइको अध्यक्षता भएको थियो भने प्रमुख अतिथी केन्द्रिय सदस्य सुरज फोम्बो लिम्बू हुनुहुन्थ्यो । अन्य अतिथिहरुमा श्रीया तमु अग्रज दाई भुवनसिंह योङहाङ आदि उपस्तिथि रहेको कार्यक्रम धन राज लिम्बूले संचालन गरेको थियो ।

मोरङ्ग जिल्लामा कथित कालो दशै बहिष्कार

यस्तै पथरी-शनिश्चरे नगर सभाले एक कार्यक्रम गरि कालो दशै बहिष्कार गरेका छन् । उत्त कार्यक्रममा सभा अध्यक्षता टेक ब. मगर (पथरी-शनिश्चरे नगर अध्यक्ष ) प्रमुख अतिथि :- पद्मा तामाङ(१ न: प्रदेश काेष अध्यक्ष ) बिशिष्ट अतिथि तथा प्रवक्ता :- देब नारायण धिमाल(१ न: प्रदेश सदस्य) बिशिष्ट अतिथि:- शिव कुमार राई(१न: प्रदेश सदस्य) अतिथि:- घिम कन्दङवा (माेरङ जिल्ला सदस्य) अतिथि:- महेन्द्र राजबंशि(सुनबर्शि नगर अध्यक्ष ) अतिथिहरु गणेश घले गुरूङ(पथरी-शनिश्चरे नगर सह-सचिव) नबिन श्रेष्ठ( सुनबर्शि नगर सचिव) सन्देश कन्दङवा (पथरी-शनिश्चरे नगर सदस्य) सुरक्षा कन्दङवा अनिता घिसिङ तामाङ(पथरी-शनिश्चरे नगर काेष अध्यक्ष ) मन कुमार कुरूङभाङ(पथरी-शनिश्चरे नगर सदस्य) खड्क प्रसाद लिम्बु(सुनबर्शि नगर सदस्य) उपस्तिथि हुनुभएको थियो भने अतिथि देव नारायण धिमालले साथै नगर अध्यक्ष टेक ब. मगर ज्यु ले पनि कथित कालाे टिकाकाे बारेमा प्रष्ट पार्नुभएको थियो यस्तै १ न: प्रदेश सभाकाे काेष अध्यक्ष तथा प्रमुख अतिथि ज्युले पनि दशै बहिष्कारको बारेमा प्रष्ट पार्नुभएको थियो । उक्त बहिष्कार कार्यक्रम नगर सचिव बिक्रम फेम्बोले संचालन गरेका थिए ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्