बिहिबार 25 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

मोरङ जिल्लाको अधिवेशन मिति तय - साथै जिल्ला सदस्यमा नवनियुक्ति

Mongol Vision News | 21 फेब्रुअरी 2020

मोरङ जिल्लाको अधिवेशन मिति तय - साथै जिल्ला सदस्यमा नवनियुक्ति

मोरङ/ मोरङ जिल्लाको बेलबारी बजार अवस्थित मंगोल नेशनल अर्गनाइजेशन मोरङ जिल्ला सभाको कार्यालयमा आज बसेको नियमित बैठकले जिल्लाको दोश्रो अधिवेशन मिति साथै संगठनको ऐतिहासिक ३२औं स्थापना दिवस मोरङ जिल्लामा गर्ने घोषणा गरेको छ ।

    विकेन बान्तावाको अध्यक्षतामा बसेको उक्त नियमित बैठकले आगामी जनवरी १ तारिखका दिन जिल्लाको दोश्रो अधिवेशन मिति सर्वसम्मतमा निर्णय पारित गरेको हो । बैठकमा संगठनका केन्द्रीय सदस्य सुरज फोम्बोको प्रमुख आतिथ्यता रहेको थियो । केन्द्रीय सभाले संगठनको स्थापना दिवस विकेन्द्रीकरण गरि प्रान्तीय स्तरमा गर्ने निर्णय गरे संगै प्रदेश नम्बर एकको मातहतमा मोरङ जिल्लाले संगठनको ऐतिहासिक ३२औं स्थापना दिवस साथै आफ्नो दोश्रो जिल्ला अधिवेशन गर्ने निर्णय तय गरेको अध्यक्ष बान्तावाले मंगोल भिजनलाई बताउनु भयो । मन्तव्यको क्रममा दोश्रो जिल्ला अधिवेशन र संगठनको ३२औं स्थापना दिवस सव्य र भव्य रुपमा सम्पन्न गर्न मोरङ जिल्लाले निर्दय; निष्ठुर भएर लागी पर्नु पर्ने कुरामा जोड दिनुहुँदै अध्यक्ष बान्तावाले सम्पुर्ण जिल्ला पदाधिकारीहरुलाई हातमा हात काँधमा काँध मिलाएर सफल बनाउन आग्रह गर्नु भयो ।

मोरङ जिल्लाको अधिवेशन मिति तय - साथै जिल्ला सदस्यमा नवनियुक्ति

त्यसैगरी बैठककै अवसरमा संगठनको निमित्त निस्वार्थ भावना र इमान्दार, लगनशील भई मंगोल मुक्तिको अभियानमा अहोरात्र खट्ने सक्रीय कार्यकर्ता अहिन्दू मूलवासी मंगोल भावना राईलाई जिल्ला सदस्यमा सर्वसम्मले नियुक्ति गरेको छ । नवनियुक्त सदस्य राईलाई प्रमुख अतिथि फोम्बोले खदा ओढाएर सम्मान तथा आफ्नो दायित्वलाई सधैं निस्वार्थ र इमान्दारीताका साथ शिरोपर गर्न अनुरोध गर्नुहुदैं सफल कार्यकालको शुभकामना मन्तव्य व्यक्त प्रदान गर्नु भएको थियो ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्