बिहिबार 2 मे 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

मोरङ मंगोलमय बन्दै

Baneera Mongol Meche | 25 जनवरी 2019

मोरङ मंगोलमय बन्दै

मोरङ/मंगोल नेशनल अर्गनाइजेसन मोरङ जिल्ला सभाको सक्रियतामा सुनबर्सी नगरपालिका १ पिपल चौकमा एकदिने मुलबासी मंगोल बिषयक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। 26 जनबरी मंगोल नेशनल अर्गनाइजेसनको "गाउँ -गाउँ जाऔ, मुलबासी मंगोल जगाऔ,अस्तित्व बचाऔ" भन्ने मुल नारालाई आत्मसात गर्दै सुनबर्सी पिपल चौकका स्थानीय धन बहादुर लिम्बुको अध्यक्षता साथै संगठनका केन्द्रीय सदस्य सुरज फोम्बो लिम्बुको प्रमुख आतिथ्यता साथै एमएनओ प्रदेश नं. १ सभा सदस्य साेम तामाङको विशेष आतिथ्यतामा उक्त प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा उपस्थित मुलबासी लोकसमुदायहरुलाई कार्यक्रमका प्रमुख अतिथी साथै मुख्य प्रशिक्षक केन्द्रीय सदस्य सुरज फोम्बोले मानव अस्तित्व,एमएनओ को राजनीतिक सिद्धान्त ,युग पुरुष अमर डा.गोपाल गुरुङ ज्युको मंगोल रास्ट्रवादको विषयमा प्रशिक्षण प्रदान गर्नु भएको थियो साथै मुलबासी,आदिवासी,जनजाति,मतवाली शब्दको अर्थको बिषयमा पनि प्रष्ट पार्नु भएको थियो । प्रमुख अतिथी फोम्बोले प्रशिक्षणको क्रममा नेपालकाे ८०% अहिन्दु मुलबासी मंगोलको भावी पीडिको उज्वल र सुरक्षित भबिस्यको निम्ति लड्दै आएको संगठन एमएनओ भएको कुरा पनि बताउनु भयो। एमएनओ ले गरेको राजनीति सत्ता प्राप्तिको लागि मात्र नभएर ८०% अहिन्दु मुलबासी मंगोलहरुको गुमेको अस्तित्व फिर्ताको लागि पनि भएको बताउनु भयो। उक्त कार्यक्रमलाई टेक बहादुर मगरले स्वागत मन्तब्य राख्नु भएको थियो भने वेलबारी नगर सचीव जुना घलेले कार्यक्रम सन्चालन गरेकि थिइन। सोही दिन मोरङ जिल्ला सभा कै सक्रियतामा वेलबारी ३ खरियामा पनि मुलबासी मंगोल को मानव अस्तित्वको विषयमा खुल्ला प्रशिक्षण सम्पन्न भएको छ। उक्त कार्यक्रममा उपस्थित भेलालाई संगठनका केन्द्रीय सदस्य सुरज फोम्बो लिम्बू र मोरङ जिल्ला सभा अध्यक्ष बिकेन वान्तावा राई ले संयुक्त रुपमा प्रशिक्षण प्रदान गर्नुभएको थियो।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्