शुक्रबार 19 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

मोरङ मंगोलमय बन्दै

Laasim Hang Mongol | 11 मे 2019

मोरङ मंगोलमय बन्दै

मोरङ/ मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा मोरङले आफ्नो सांगठनिक गतिविधिलाई तिव्र पार्दै मोरङ जिल्ला सभालाई मंगोलमय बनाएको छ । 11 May शनिवारका दिन मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा मोरङको आयोजनमा जिल्लाको विभिन्न स्थाहरूमा मंगोल राष्ट्रवाद सम्बन्धि प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । अहिन्दू मूलवासी मंगोल अभिनाश राईको संयोजकत्वमा उर्लाबारी ६ स्थित नयाँ बस पार्कमा मंगोल राष्ट्रवाद सम्बन्धि प्रशिक्षण भएको हो । टेक बहादुर मगरको अध्यक्षतामा भएको उक्त कार्यक्रममा संगठनका केन्द्रीय सदस्य सुरज फोम्बो लिम्बू प्रमुख अतिथिको रुपमा रहनु भएको थियो भने प्रमुख अतिथी लिम्बूले उपस्थित मंगोलप्रेमि महानुभावहरुलाई देशको विद्यामान समस्या विभिन्न राजनितिल दल र तिनिहरुले देखाएको समस्या भन्दा भिन्न वर्णभेदी नीति रहेकोले यसलाई जरैदेखि उन्मुलन गर्नको निमित्त मंगोल राष्ट्रवादको अपरिहार्य रहेको र आफ्नो वास्तविक अस्तित्वलाई चिन्न र बुझ्न नितान्त आवश्यक रहेको कुरा बताउनु भयो । साथै लिम्बूले नेपालमा आजसम्म हामी मंगोलहरु माथी शाब्दिक षड्यन्त्र गरेर अस्तित्व विहिन बनाएकोले कहिले मतुवाली बनिउ त कहिले किराँती भने अहिले आएर आदिवासी जनजाती बनाईरहेकोले यश शव्दबारे नझुक्किनु अनुरोध गर्दै आदिवासी जनजाती र मूलवासी मंगोल सम्बन्धि प्रष्ट पार्नु भयो । कार्यक्रममा सुनसरी जिल्ला सभाका अध्यक्ष र सहसचिव प्रकाश गुरुङ र श्रीया गुरुङले पनि मन्तव्य राखेका थिए भने मिक्लाजुङ २ साखारे टोल सभाका अध्यक्ष लाल बहादुर मगरको पनि उपस्थिति रहेको थियो । यसैगरी सोही दिन जिल्ला सभा मोरङकै पहलमा मिक्लाजुङ ६ स्थित लालमाटिमा शिवकुमार राईको संयोजकत्वमा मंगोल राष्ट्रवाद सम्बन्धि प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । प्रवास सभा भारतका सदस्य टेक बहादुर मगरको स्वागत मन्तव्य संगै शुरूवात भएको उक्त कार्यक्रमको प्रमुख अतिथि मोरङ जिल्ला सभा अध्यक्ष बिकेन बान्तावा रहनु भएको थियो भने उहाँले उपस्थित मंगोलप्रेमी महानुभावहरूलाई मानव अस्तित्व लगायत विभिन्न राजनितीक समसामयिक विषयमा प्रष्ट्याउनु भएको थियो । कार्यक्रम शिव कुमार राईले सन्चालन गरेका थिए ।

 

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्