सोमबार 29 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

मोरङ शुनवर्षिको अमरदहमा एम.एन.ओ.को प्रशिक्षण

Lassim Hang Mongol | 8 जनवरी 2019

मोरङ शुनवर्षिको अमरदहमा एम.एन.ओ.को प्रशिक्षण

मोरङ/ मंगोल नेशनल अर्गनाइजेशन मोरङ जिल्लाको सक्रियतामा सुनवर्सी गाउँपालिका वडा नं.२ अमरदहमा एकदिने मंगोलवाद विषयक प्रशिक्षण सम्पन्न भएको छ ।
८ जनवरी मंगलवारका दिन स्थानीय वासिन्दा मंगोल प्रेमी लाख बहादुर पाङमी मगरको अध्यक्षता र संगठनका केन्द्रीय सदस्य सुरज फोम्बो लिम्बूको प्रमुख आतिथ्यतामा सम्पन्न प्रशिक्षण कार्यक्रममा प्रमुख अतिथी फोम्बोले उपस्थित मंगोलप्रेमी महानुभावहरुलाई मूलवासी मंगोलहरूको उत्पती र एम.एन.ओ.को उद्देश्य बारेमा प्रशिक्षण प्रदान गर्न भयो । त्यसैगरी विदेशी हिन्दू आर्य बाहुन क्षेत्रीले ८0% अहिन्दू मूलवासी मंगोलहरू माथी शव्दको भ्रमित षडयन्त्र गरिरहेकोले मूलवासी मंगोलहरूलाई आदिवासि जनजाती र मतुवाली बनाएको र आदिवासी जनजाती र मूलवासी फरक फरक अर्थ दिने शव्द भएकोले आदिवासी जनजाती र मूलवासी शव्द बारेमा समेत प्रष्ट्याउनु भयो । साथै एम.एन.ओ.ले गरेको राजनिती सत्ता प्राप्तिको लागी मात्रै नभएर ८०% अहिन्दू मूलवासी मंगोलहरूको गुमेको अस्तित्व फिर्ताको लागी पनि भएको बताउनु भयो ।
कार्यक्रममा प्रवास सभा भारत मेघालयका प्रवक्ता टेक बहादुर मगरले पनि संगठनको बारेमा उपस्थित भेलालाई बताउनु भएको थियो भने मोरङ जिल्ला सचिव धनराज योङहाङ लिम्बूले कार्यक्रम सन्चालन गरेका थिए ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्