Mongol vision news | 20 सेप्टेम्बर 2019
मोरङ/ मंगोल नेशनल अर्गनाइजेशन मोरङ जिल्ला सभाको आयोजनमा बेलबारी स्थित भानु टोलमा मंगोल राष्ट्रवाद सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
आज तदनुसार 2019/20 सेप्टेम्बर शुक्रवारका दिन बासुदेव राईको सभाध्यक्षता र संगठनका केन्द्रीय सदस्य सुरज फोम्बोको प्रमुख आतिथ्यतामा प्रशिक्षण कार्यक्रम भएको छ । उक्त प्रशिक्षण कार्यक्रममा प्रमुख अतिथि फोम्बोले प्रमुख प्रशिक्षकको भुमिका निर्वाह गर्नुहुँदै उपस्थित मंगोलप्रेमी महानुभावहरुलाई मानव अस्तितब लगायत सांगठनिक विषय वस्तुबारे प्रष्ट पार्नु भएको थियो । प्रशिक्षणकै क्रममा एमएनओ मात्रै हामी ८०% अहिन्दू मूलवासी मंगोलहरुको सुरक्षीत घर भएको उहाँले बताउनु भयो । कार्यक्रममा मंगोलप्रेमी भविष्को कर्णधारहरुको उल्लेखनीय रुपमा उपस्थिति रहेको थियो । आज सम्म हामिले अरु पार्टिको निम्ति लड्दै आएनि अब भने ती बाहुनवाद हिन्दूवादको निमित्त लड्न नहुने बताउनु हुँदै एमएनओको चुनाव चिन्ह भालेमा मतदान गरि अबको चुनावी लडाइँमा बिजय हुनुपर्ने कुरामा फोम्बोले जोडदिनु भएको थियो । विपक्षीहरुबाट संगठनलाइ विभिन्न जातीय द्वन्द्व गराउने लान्छना लगाउने गरेनी एमएनओले आफ्नो स्थापना कालदेखिनै आजसम्म वैचारिक रुपमा लडाई लड्दै आएकोले वैचारिक तवरबाटै मंगोलहरुलाइ एकता गराउने मुख्य अभियान भएको कुरा फोम्बोले बताउनु भयो । एमएनओ बेलबारी नगर सभाका सदस्य भिम राईले कार्यक्रम सन्चालन गर्नु भएको थियो । त्यस्तै कार्यक्रममा बल बहादुर राईले स्वागत मन्तव्य राख्नु भएको थियो ।
Copyright © 2020 Mongol Vision. All Rights Reserved.
Powered by : Dradtech Technology