शनिबार 27 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

मोरङको बेलबारी मिरमिरे चोकमा कार्यकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न

Sirjana Mongol | 18 सेप्टेम्बर 2020

मोरङको बेलबारी मिरमिरे चोकमा कार्यकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न


मोरङ/ मंगोल नेशनल अर्गनाइजेशन बेलबारी नगर सभाको आयोजनामा मिरमिरे चौकमा कार्यकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
मोरङ जिल्ला कोषाध्यक्ष बलबहादुर राईको सभाध्यक्षतामा सम्पन्न उक्त प्रशिक्षण कार्यक्रममा प्रमुख अतिथि संगठनका केन्द्रीय सदस्य सुरज फोम्बो लिम्बू र विशिष्ट अतिथिमा केन्द्रीय सदस्य धनमाया राई रहेका थिए भने अन्य अतिथिहरुमा मोरङ जिल्ला अध्यक्ष बिकेन बान्तावा र सुनसरी जिल्ला सभा अध्यक्ष शान्ता राई रहेका थिए ।प्रशिक्षणमा मिक्लाजुङ गाउँसभाका अध्यक्ष अविनास राई, सुन्दर हरैचा नगर सभाका अध्यक्ष कृष्णदेव राई, पथरी शनिश्चरे नगर सभा अध्यक्ष टेकबहादुर मगर र सुनवर्सी नगर सभाका अध्यक्ष महेन्द्र राजवंशी लगायतको उपस्थिति रहेको थियो । प्रमुख अतिथी फोम्बोले मंगोल नेशनल अर्गनाइजेशन एउटा भिन्न दर्शन र उद्धेश्य बोकेर आफ्नो लक्ष प्राप्तिको निमित्त अघि बढेको संगठन भएकाले भारेभुरे कुराहरुमा न अल्झिकन मंगोल दर्शनलाई गहिरो अध्ययन गरी देशको कुनाकन्दरा सम्म पुराउन आग्रह गर्नु भएको थियो । मन्तव्यकै क्रममा उहाँले मंगोल दर्शन र मंगोल नेशनल अर्गनाइजेशनको कुटनिती, रणनीति युग पुरुष अमर ड.गोपाल गुरुङ ज्युको जीवनी र उहाँले लेख्नु भएको पुस्तकहरुलाई गहन रुपमा अध्ययन गर्नसके मात्र बुझ्न सकिने कुरा बताउनु भयो । त्यसैगरी उपस्थित कार्यकर्ताहरुलाइ अतिथि जिल्ला अध्यक्ष बिकेन बान्तावाले सांगठनिक विधान र आचार संहिताबारे व्यापक रुपमा प्रशिक्षण प्रदान गर्नुभएको थियो । प्रशिक्षणकै क्रममा उहाँले जबसम्म हामी संगठनको अनुशासनको दायरा भित्र रहदैनौं तबसम्म सफल बन्न नसक्ने कुरामा जोडदिनु भएको थियो । अनुशानको कुरामा जोड दिदै बान्तावाले मानिस जतिसुकै जान्ने किन नहोस् उसमा अनुशासन छैन भने उ कहिले सफल बन्न सक्दैन, भन्दै संगठनको विधि विधानलाई पहिलो प्राथमिकता दिनुपर्ने बताए । त्यसैगरी मंगोल नेशनल अर्गनाइजेशन नेपालकै पहिलो लोकतन्त्रवादि संगठन भएकाले वैचारिक क्रान्तिमा विश्वास राख्दै चुनावी प्रक्रियालाई मात्र प्राथमिकता दिने जानकारी गराउनु भएको थियो । कार्यक्रममा गठित सम्पुर्ण नगर तथा गाउँसभाका सक्रीय सदस्यहरुको पनि उपस्थिति रहेको थियो ।उक्त कार्यक्रममा मिक्लाजुङ गाउँसभाका अध्यक्ष अविनास राइलेले पनि मन्तव्य राखेका थिए । बेलबारी नगर अध्यक्ष कृष्ण दर्लामी मगरको स्वागत मन्तव्य संगै सुरुवात भएको प्रशिक्षण कार्यक्रम मोरङ जिल्ला सचिव धनराज लिम्बूले सञ्चालन गरेका थिए ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्