शनिबार 20 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

मोरङको चिसाङमा मंगोलको प्रशिक्षण

Baneera Mongol Meche | 16 फेब्रुअरी 2019

मोरङको चिसाङमा मंगोलको प्रशिक्षण

                 मोरङ / मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा मोरङको सक्रियता साथै किरण राईको संयोजकत्वमा कानेपोखरी गाँउपालिका वडा नं. — ५ चिसाङमा मानव अस्तित्वको विषयमा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

                                                     १६ फेब्रुअरी कानेपोखरी गाँउपालिका चिसाङका स्थानीय मंगोलप्रेमी सन्तविर लिम्बूको अध्यक्षता साथै संगठनका केन्द्रीय सदस्य सुरज फोम्बोको प्रमुख आतिथ्यतामा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा प्रवास सभा भारतका प्रवक्ता टेक बहादुर मगर, राजेन्द्र लिम्बू, जिल्ला कोषाध्यक्ष बल बहादुर राई र सुन्दर हरैचा नगर अध्यक्ष कृष्ण देव राईको आतिथ्यता रहेको थियो ।

                                                  मूलवासी लोकसमुदायको उल्लेखनीय उपस्थिति रहेको कार्यक्रमलाई प्रमुख अतिथि संगठनका केन्द्रीय सदस्य सुरज फोम्बोले मानव अस्तित्व र मानव वर्णको विषयमा प्रशिक्षण प्रदान गर्नु भएको थियो । त्यस्तै मूलवासी, आदिवासी र जनजाति शब्दको भिन्नभिन्नै अर्थ लाग्ने विषयमा प्रष्ट पार्दै आउने भावी सन्ततीहरुलाई यो देशमा अधिकार सम्पन्न र मालिक बनाउने जिम्मेवार अभिभावकहरुको काँधमा भएको र मंगोल एकताको अति आवश्यक रहेको कुरामा प्रमुख अतिथि फोम्बोले जोड दिनुभएको थियो । उक्त प्रशिक्षण कार्यक्रम जिल्ला सचिव धनराज लिम्बूले सञ्चालन गरेका थिए ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्