Baneera Mongol Meche | 13 फेब्रुअरी 2019
मोरङ / मंगोल नेशनल अर्गनाइजेशन मोरङ जिल्ला सभाको पहलमा मोरङकाे सुनबर्शी नगरपालिका वाड नं. १ हसन्त टोलमा एक दिने मूलबासी मंगोल बिषयक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
फागुन १ गते बुधबार संगठनका केन्द्रीय सदस्य सुरज फम्बो लिम्बूको प्रमुख आतिथ्यतामा सम्पन्न भएको प्रशिक्षण कार्यक्रमलाई प्रमुख अतिथी फम्बोले प्रशिक्षण प्रदान गर्नु भएको थियो । प्रशिक्षण कार्यक्रमलाई प्रशिक्षित गर्दै उहाँले मूलवासी मंगाेलको हक अधिकार बारेमा प्रष्ट पार्नु भएको थियो । कार्यक्रममा मोरङ जिल्ला सभाका कोषाध्यक्ष बल बहादुर राई, रजेन्द्र राई, धन बहादुर लिम्बू लगायत हसन्तका अहिन्दू मूलवासी मंगोल जनताहरुको उल्लेखिय सहभागिता रहेको थियो ।
स्थानिय अहिन्दू मूलबासी मंगोल चुन्डु हेमरनको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमलाई सुन्दर हरैचा नगर सभाका अध्यक्ष कृष्ण देब राईले स्वागत मन्तव्य राख्नुभएको थियो भने टेक बहादुर मगरले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।
Copyright © 2020 Mongol Vision. All Rights Reserved.
Powered by : Dradtech Technology