शुक्रबार 29 मार्च 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

मोरङको कानेपोखरिमा एकदिने प्रशिक्षण सम्पन्न

विकेन बान्तवा | 12 जनवरी 2021

मोरङको कानेपोखरिमा एकदिने प्रशिक्षण सम्पन्न

मोरङ/ मंगोल नेशनल अर्गनाइजेसन सर्बोच्च सभा तथा केन्द्रिय सदस्य श्याम लिम्बु ज्युको प्रमुख आतिथ्यता तथा स्थानीय मुलबासी देवन राईको सभाध्यक्षतामा मङ्गोल राष्ट्रवाद सम्बन्धि एकदिने प्रशिक्षण कार्यक्रम कानेपोखरी-५ बिहिवारे स्थित साकेलाथानको भवनमा सु-सम्पन्न गरिएको छ।
      उक्त कार्यक्रममा उपस्थित लोकसमुदाय लाई प्रशिक्षण प्रदान गर्ने क्रममा प्रमुख अतिथि श्याम लिम्बू ज्युले नेपालको वास्तविक समस्या वर्गीय, जातीय  नभएर वर्णभेदी नीति को समस्या भएकोले जबसम्म यी काला इण्डो आर्यन को हातमा सत्ताको बागडोर रहन्छ तबसम्म यो देशको मुहार नबदलिने र सारा जनताले सुख, शान्ति अमन चयन भएको अनुभुति सम्म गर्न नपाउने कुरा उल्लेख गर्नु भयो। आप्रवासी आर्य शासकको हातमा राजनैतिक शक्ति भएकै कारण समग्र देश र जनताका लागि नभई आफू मात्र पोषिने वा आफ्नो अनुकुल मात्रै कानून बनाउने गरेकोले साथै आजसम्म भ्रम र रहस्यमय षडयन्त्र गर्न सफल भएकोले यो हाम्रो देश एशियाकै गरिब र भ्रस्टाचारमा चाहि १ नम्बरमा पुर्याइदिएका छन भन्नू भयो। 
      यसैगरी अफ्रिकामा गोरा आर्यनले काला लाई ६०० जति पार्टी खडा गरि क्रूर र बर्बरता पूर्ण कज्याएको र नेपालमा पनि बिदेशी आर्य बाहुन क्षेत्रीले  मङ्गोल मुलबासी लाई ४०० जति पार्टी खोली दिएर झुत्रो र कंगाल पारी शोषण र शासन गरिरहेको कुरा प्रष्ट पार्दै नेपाल र दक्षिण अफ्रिकाको लडाइ उस्तै रहेकोे कुरामा जोड दिनु भयो। सहि अर्थमा एम एन ओ को राजनैतिक लडाइ बाहुन क्षेत्री वा कुनै धर्म विशेष विरुद्ध  नभइ २०% रहेका बाहुन क्षेत्रीको मानव अधिकार समेत सुरक्षित राख्ने राजनैतिक लडाइ लडिरहेको कुरामा प्रकाश पार्दै MNO उदाउदो बैकल्पिक शक्ति भएकोले अब मुलबासी मङ्गोल हरु एकजुट भएर अधिकार र अस्तित्व प्राप्तिका खातिर लडनु पर्ने कुरा औल्याउनु भयो।
    उक्त कार्यक्रममा MNO केन्द्रिय सदस्य सुरज फोम्बो ज्यु पनि अतिथिको रूपमा पाल्नु भएको थियो। MNO जदाहा टोल सभा अध्यक्ष खडग घले ले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रम जिल्ला सचिव धनराज लिम्बु ले संचालन गर्नु भएको थियो।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्