आइतबार 19 मे 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

मोरङको कानेपोखरीमा मंगोल भेला सम्पन्न

mongolvision | 8 अक्टोबर 2021

मोरङको कानेपोखरीमा मंगोल भेला सम्पन्न


मोरङ / मंगोल नेशनल अर्गनाइजेशनले मोरङको कानेपोखरी मंगोल भेला कार्यक्रम सम्पन्न गरेको छ ।
जिल्ला सभा मोरङको पहलमा ८ अक्टोबर शुक्रबारको दिन कानेपोखरी ४ धम्कुवा टोलमा संगठनका केन्द्रीय सदस्य सुरज फम्बो लिम्बुको प्रमुख आतिथ्यतामा उक्त भेला सम्पन्न भएको हो ।स्थानीय  सुबास गुरुङको सभाध्यक्षतामा भएको भेला लाई सम्बोधन गर्दै केन्द्रीय सदस्य फम्बोले मुलुकमा  लामो समय देखि आजसम्म पनि घटीरहेको षडयन्त्रपूर्ण घटनाक्रम बारे प्रकाश पार्दै  यो देशको मुलबासी मङ्गोल हरुले  अस्तित्व र अधिकार बिहिन भइ किन बाच्नु परेको भन्ने बारेमा प्रष्ट पार्नु भयो । त्यस्तै उहाले अब मानव भएर बाच्नको निम्ति मंगोलवाद दर्शनमा आउनै पर्ने बताउनु भयो भने मुलबासी लोक समुदायहरु राजनीतिरुपले चेतनशिन बन्दै एम एनओ राजनीति आउनु पर्नेमा जोड दिनु भयो । भेलामा स्थानीय मुलबासी जनसमुदायहरुको उल्लेखनीय उपस्थिति रहेको थियो ।
    उक्त प्रशिक्षण कार्यक्रममा जिल्ला सदस्य डम्बर तामाङ ले स्वागत मन्तव्य राख्नु भएको थियो भने घले टोल अध्यक्ष खडग घले ले कार्यक्रम संचालन गरेका थिए ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्