mongol vision | 4 सेप्टेम्बर 2021
मोरङ/ मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा मोरङको सक्रियतामा कानेपोखरी ५ ट्रान्स्मिटर टोलमा एकदिने मंगोल प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
जिल्ला सभा मोरङका अध्यक्ष अमुम बिकेन बान्तावा राइ ज्युको अध्यक्षतामा सम्पन्न उक्त एकदिने मंगोल प्रशिक्षण कार्यक्रममा प्रमुख अतिथि तथा मुख्य प्रशिक्षक मंगोल नेशनल अर्गनाइजेशन केन्द्रिय सभाका सदस्य अमुम सुरज फोम्बो लिम्बू उपस्थित रहनुभएको थियो । प्रमुख अतिथि तथा प्रशिक्षक लिम्बुले उपस्तिथि मंगोल आमाबुबा, दाजुभाइ, दिदिबहिनीहरुलाई मंगोल राष्ट्रवाद सम्बन्धि प्रशिक्षण प्रदान गर्दै यो मंगोल मुलुक बनाउने जिम्मा यहिको मुलवासीहरुको हातमा रहेको र उक्त दायित्व पूरा गर्न सबै नेताकार्यकर्ता गाउँ बस्तीहरुमा खटिरहेको बताउनु भएको थियो ।
लामो समय सम्म मनसुन सक्रिय रहेको र विश्वमा फैलिएको कोभिड-१९ को कारण लकडाउनले गर्दा पवित्र मंगोल दर्शन टोल-टोलमा पुर्याउने कार्यक्रम केही महिना बन्द रहेकोेले अब विस्तारै भेटघाट, संगठन विस्तार साथै प्रशिक्षण कार्यक्रमहरु अगाडि बढिरहेको जानकारी समेत लिम्बूले गराउनुभएको थियो । स्थानीय मंगोल समुदायहरुको बाक्लो उपस्तिथि रहेको एकदिने मंगोल प्रशिक्षण कार्यक्रममा अन्य अतिथिहरु १ नम्बर प्रदेशका सदस्य सोम तामाङ, निवर्तमान जिल्ला सल्लाहकार बागबीर घलेको पनि उपस्तिथि रहेको थियो भने स्वागत मन्तव्य सुरेन्द्र धिमाल र कार्यक्रम सञ्चालन मोरङ जिल्ला सभाका सह-सचीव सिर्जना घले गुरुङ ज्युले गर्नुभएको थियो ।
Copyright © 2020 Mongol Vision. All Rights Reserved.
Powered by : Dradtech Technology