Mongol Vision News | 27 मे 2019
मोरङ/ मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा मोरङको आयोजनमा कानेपोखरी वडा नम्बर एकमा मंगोल राष्ट्रवाद सम्वन्धी बृहत् प्रशिक्षण सम्पन्न भएको छ । 27 May सोमबारका दिन स्थानिय मूलवासी मंगोलप्रेमी सम मरण्डिको सभाध्यक्षतामा उक्त प्रशिक्षण सम्पन्न भएको हो । मंगोल नेशनल अर्गनाइजेशन केन्द्रीय सभाका सदस्य सुरज फोम्बो लिम्बूको प्रमुख आतिथ्यतामा प्रशिक्षण कार्यक्रम भएको हो । तराइका मूलवासी मंगोल लोकसमुदायहरुको उल्लेखनिय उपस्थिति रहेको कार्यक्रममा फोम्बोले हिजो तराईला मलिला फाँटमा तराईला मूलवासी मंगोलहरुले हुकुम्बासी भएर राज गरेका इतिहास ताजै रहेको कुरा बताउनु भयो । यसैगरी जब विदेशी शरणार्थी बाहुन क्षेत्री नेपालमा प्रवेश गरे तत्पश्चात तराई र पहाड हिमालका मूलवासी मंगोलबीच फाँटो ल्याउने षडयन्त्रको सिकार हामी भएको बताउनु भयो । मंगोल नेशनल अर्गनाइजेशन समानता, भातृत्व र स्वतन्त्रताको पथमा अडिग बनी अघि बढेकोले हिजो टुटाएको हाम्रो सम्बन्ध सुमधुर बनाउने एकमात्र दर्शन मंगोल दर्शन भएकोले सबैले मंगोल दर्शनलाई गहिरो रुपमा बुझ्न नितान्त आवश्यक रहेको कुरामा पनि फोम्बोले जोड दिनु भयो । कार्यक्रममा साखारे टोल सभाका अध्यक्ष लाल बहादुर मगर लगायत, महेन्द्र राजवंशी, धन बहादुर लिम्बू र रुपनारायण राजवंशि अतिथिको रुपमा रहनु भएको थियो भने कार्यक्रम विकेन बान्तावाले सन्चालन गर्नु भयो । उक्त प्रशिक्षण कार्यक्रम भने टेकबहादुर मगरको स्वागत मन्तव्य संगै औपचारिक रुपमा सन्चालन भएको थियो ।
Copyright © 2020 Mongol Vision. All Rights Reserved.
Powered by : Dradtech Technology