बिहिबार 23 अप्रिल 2026

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

मोरङकाे केरावारीमा मंगोल राष्ट्रवाद सम्बन्धि प्रशिक्षण सम्पन्न

Mongol vision | 7 सेप्टेम्बर 2021

मोरङकाे केरावारीमा मंगोल राष्ट्रवाद सम्बन्धि प्रशिक्षण सम्पन्न


 

मोरङकाे केरावारीमा मंगोलवाद सम्बन्धि प्रशिक्षण सम्पन्न

 मोरङ्ग / 6 सेप्टेम्बर , मंगाेल नेशनल अर्गनाइजेसन  मोरङ जिल्ला सभाकाे आयाेजनामा केरावारी -९ प्रतिभा टाेल देविझाेडामा मंगाेल राष्ट्रवाद सम्बन्धि प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । स्थानीय प्रदिप राईकाे सभाध्याक्षतामा सम्पन्न भएको कार्यक्रमका प्रमुख अतिथि तथा प्रमुख प्रशिक्षक मंगाेल नेशनल अर्गनाइजेसनका केन्द्रीय सदस्य सुरज फाेम्बाे लिम्बू रहनुभएकाे थियो । यसैगरी अतिथिहरूमा मंगाेल नेशनल अर्गनाइजेसन जिल्ला सभा सुनसरी सभाको सह-सचिव श्रीया गुरुङ र प्रवास सभा भारतकाे निवर्तमान अध्यक्ष विक्रम याम्फु रहनु भएकाे थियो । उक्त कार्यक्रमलाई सम्बाेधन गर्दै प्रमुख अतिथिले उपस्थित मंगाेल प्रेमी महानुभावहरूलाई मंगाेलवाद सम्बन्धि प्रशिक्षण दिदै मंगाेलहरूले आफ्नाे अस्तित्व सुनिश्चित गर्नका निम्ति 80% अहिन्दु मुलवासी मंगाेलहरूकाे विशुद्ध संगठन एम.एन.ओ. मा आबद्ध भई भावि सन्ततिको उज्ज्वल भबिस्यका लागि एकजुट हुनुपर्ने कुरालाई जोड दिनुभएको थियो ।

उक्त प्रशिक्षण कार्यक्रममा अनु राईले स्वागत मन्तव्य राख्नु भएकाे थियाे भने माेरङ जिल्ला अध्यक्ष विकेन बान्तावा राईले कार्यक्रम संचालन गर्नु भएको थियाे ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्