बिहिबार 23 अप्रिल 2026

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

मोरङको किसान  टोलमा मगोलको प्रशिक्षण

mongolvision | 27 अक्टोबर 2021

मोरङको किसान  टोलमा मगोलको प्रशिक्षण


मोरङ / मोरङको  पथरीशनिश्चरे नगर पालिकाको किसान टोलमा एक दिने मंगोल प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

पथरी शनिसरे नगर  सभाको सक्रियतामा स्थानिय मंगोल प्रेमि बिजय राई को सभाध्क्षतामा पथरीशनिश्चरे ३, किसान टोलमा
उक्त  मंगोल  प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो । संगठनका केन्द्रिय सदस्य  सुरज फोम्बो लिम्बुको प्रमुख आतिथ्यतामा सम्पन्न भएको प्रशिक्षण कार्यक्रममा प्रमुख अतिथि फम्बोले सहभागीहरु लाई प्रशिक्षण प्रदान गर्नु भएको थियो । प्रशिक्षणको क्रममा उहाले हामीले राजनितीमा अग्रसर र राजनितीमा सहभागि नभएको कारणले आज हामि पछि परेको र आठ कक्षा फेल गरेकोहरूको पछि लागेर गुलामीको जिवन विताई रहनु परेको कुरा प्रष्ट पार्नुभयो ।  हामि सक्षम र शिक्षित हुदा हुदैपनि स्नातहक गरेको भएता पनि आठ कक्षा फेल गरेको वडा सदस्यहरूको पछि लागेर हिड्नुपरेको र उनिहरूकै बोलि बिक्ने र चल्ने कुनै कामकाजमा वा जनप्रतिनिधी भएकै कारण उनिहरूकै प्रशासन तथा कार्यलयमा चलखेल हुने गकेको कुरा प्रष्ट पार्दै यो सब राजनिति गरेरै मात्रै सम्भव रहेको कुरा जिकिर गर्नुभयो । प्रशिक्षण कार्यक्रममा १ न प्रान्तीय सभाका  सदस्य शिव कुमार राईले पनि मन्त्व्य राख्नु भएको  थियो ।  कार्यक्रममा किसान टोल छेत्रका जनताहरुको उल्लेखनीय उपस्थिति रहेको थियो । जिल्ला सभा सदस्य डम्बर बल तामाड्ले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रम  नगरसभाको सचिव बिक्रम फेम्बु लिम्बुले संन्चालन गरेका थिए ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्