शनिबार 20 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

मोरङको लालभित्तिमा मंगोल राष्ट्रवाद सम्वन्धी प्रशिक्षण सम्पन्न

Mongol Vision News | 4 डिसेम्बर 2019

मोरङको लालभित्तिमा मंगोल राष्ट्रवाद सम्वन्धी प्रशिक्षण सम्पन्न

मोरङ । मोरङ जिल्लाको बेलबारी वडा नमबर २ स्थित लालभित्तिमा मंगोल राष्ट्रवाद सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

      आज तदनुसार 4 डिसेम्बर मंगलबारका दिन मंगोल नेशनल अर्गनाइजेशन बेलबारी नगर सभाको सक्रीयता र भिम राईको सभाध्यक्षतामा उक्त प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । संगठनका केन्द्रीय सदस्य सुरज फोम्बोको प्रमुख आतिथ्यता र एमएनओ मोरङ जिल्ला सभाका अध्यक्ष विकेन बान्तावाको विशिष्ट आतिथ्यतामा सम्पन्न प्रशिक्षण कार्यक्रमा प्रमुख अतिथि फोम्बो मुख्य प्रशिक्षकको रुपमा रहनु भएको थियो ।

       कार्यक्रममा प्रशिक्षक फोम्बोले उपस्थित मंगोलप्रेमी महानुभावहरुलाई मानव अस्तित्व लगायत आदिवासी जनजाती र मूलवासी मंगोल शव्दको षडयन्त्रबारे स्पष्ट पार्नु भएको थियो । त्यसैगरी कार्यक्रमका विशिष्ट अतिथि विकेन बान्तावाले स्वागत मन्तव्य संगै अबको समयमा मंगोलहरु एक हुनुको विकल्प नरहेको बताउनु हुँदै मंगोलहरुको एकताको विन्दू सिर्फ मंगोल नेशनल अर्गनाइजेशन मात्र रहेको बताउनु भएको थियो भने कार्यक्रम एमएनओ मोरङ जिल्ला सचिव सिर्जना घले गुरुङले सन्चालन गरेकी थिइन् ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्