बुधबार 15 मे 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

मोरङको लेटाङमा प्रशिक्षण सम्पन्न

Mongol Vision | 9 डिसेम्बर 2020

मोरङको लेटाङमा प्रशिक्षण सम्पन्न

मोरङ/ 9 डिसेम्बर 2020 का दिन सन्त ब राईको सभाध्यक्षता तथा एम एन ओ केन्द्रीय सदस्य सुरज फोम्बोज्यु को प्रमुख आतिथ्यतामा लेटाङ -८ सिरान टोलमा मुलबासी मङ्गोल बिषयक एकदिने खुल्ला प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।
     प्रशिक्षण कार्यक्रममा उपस्थित लोकसमुदाय हरुलाई सम्बोधन गर्दै प्रमुख अतिथि फोम्बो ज्युले आर्य शासकले बिगत देखि वर्तमान सम्म देश र बहुसंख्यक जनताको हित बिपरित काम मात्रै गरेको र  काङ्ग्रेस, एमाले, माओवादी र राप्रपा नामधारी तिनै  बाहुन क्षेत्रीहरु मिलेरै देशको भुभाग, नदि नाला, बनजङ्गल , खानी खनिज बेचेको कुरा प्रकाश पार्नु भएको थियो। साथै एम एन ओ ले चुनावमा भाग लिइ बैचारिक क्रान्ति द्वारा मानव अधिकार बहाली गर्ने र समुन्नत राष्ट्रको समृद्धि गर्ने कुरा समेत उल्लेख गर्नु भयो।
    उक्त प्रशिक्षण कार्यक्रम मा स्वागत मन्तव्य सक्रिय सदस्य बिमला राई ले दिनुु भयो भने मोरङ जिल्ला अध्यक्ष बिकेन बान्तावा ले संचालन गर्नु भएको थियोे।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्