सोमबार 29 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

मोरङको मंगलबारेमा मंगोल्वाद सम्बन्धी प्रशिक्षण

mongolvision | 11 जनवरी 2022

मोरङको मंगलबारेमा मंगोल्वाद सम्बन्धी प्रशिक्षण


मोरङ/ मंगोल नेशनल अर्गनाइजेशन पथरीशनिश्चरे नगरसभाको आयोजनामा पथरीशनिश्चरे -१० मंगलबारे डाँडा अमरहाट बजारमा एकदिने मंगोलवाद सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रम स्थानीय मंगोल समर्थक छत्र कुमार लिम्बूको सभाध्यक्षतामा एवं एम. एन. ओ. मोरङ जिल्ला सभाका सचिव धनराज लिम्बूको प्रमुख आतिथ्यतामा समपन्न भएको हो । कार्यक्रममा विशिष्ट अतिथिमा मोरङ जिल्ला सदस्य डम्बर बल तामाङ रहनुभएको थियो । कार्यक्रममा नगरसभा सल्लाहकार बिक्रम फेम्बु, कोषाध्यक्ष गणेश गुरुङ, विशिष्ट अतिथि डम्बर बल तामाङले मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा प्रमुख अतिथि लिम्बूले उपस्थित लोक समुदायलाई मंगोलवाद सम्बन्धी प्रशिक्षण प्रदान गर्नुभेएको थियो । प्रशिक्षणको दौरानमा उहाँले अबको समय आफ्नो हक, अधिकार र अस्तित्व प्राप्तिको निमित्त कुखुराको भालेमा मतदान गर्न आव्हान गर्नुभयो । नगरसभाका सदस्यहरु र स्थानीय मंगोल समुदायहरुको सौहार्दपूर्ण उपस्थितिमा सम्पन्न उक्त कार्यक्रममा नगरसभाका सल्लाहकार टेक बहादुर मगरले स्वागत मन्तव्य राखेका थिए भने नगर सचिव रामचन्द्र गुरुङले कार्यक्रम सञ्चालन गरेका थिए ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्