मङ्गलबार 23 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

मोरङको मिक्लाजुङ गाउँसभामा टोल सभा गठन

Mongol Vision News | 16 अगस्ट 2019

मोरङको मिक्लाजुङ गाउँसभामा टोल सभा गठन

मोरङ/ मंगोल नेशनल अर्गनाइजेशन मिक्लाजुङ गाउँसभाको सक्रियतामा वडा नम्बर 4 स्थित कोर्नाली टोल सभा गठन भएको छ । 16 अगष्टका दिन शुक्रवारका दिन स्थानिय मंगोलप्रेमी रेम इमसङको अध्यक्षतामा मंगोल राष्ट्रवाद सम्बन्धी एक प्रशिक्षण कार्यक्रमको रेम इमसङजी अध्यक्षतामा बीच दस सदस्यीय कोर्नाली टोल सभा गठन भएको छ । नवगठित टोल सभाको सचिवमा, कोषाध्यक्ष र सहसचिवमा क्रमश: छत्र बहादुर खजुम, शंकर चेम्जोङ, र मनि बहादुर चोङबाङ चयन भएका छन् । त्यस्तै सदस्यहरुमा कुमान सिंह लिम्बू, डोलेसोर सुनार, शेखर चेम्जोङ, दलबहादुर गहतराज, रामबहादुर चेम्जोङ र दिलबहादुर चेम्जोङ छन् । कार्यक्रममा स्थानीय मंगोलप्रेमी लोकसमुदायरुको बाक्लो उपस्थिति बीच कार्यक्रमका प्रमुख अतिथी तथा मुख्य प्रशिक्षक सुरज फोम्बोले मंगोल राष्ट्रवाद सम्वन्धी प्रशिक्षण प्रदान गर्नु भएको थियो । मंगोल नेशनल अर्गनाइजेशन मात्र मंगोलहरु हकअधिकार र अस्तित्वको निमित्त बोल्ने, लेख्ने, लड्ने संगठन भएकोले एमएनओको विकल्प अर्को नरहेको फोम्बोले बताउनु भयो । प्रशिक्षणकै क्रममा उहाँले आज सम्म हामी मंगोल आफ्नो अस्तित्व विहिन बन्नुमा आफ्नो मताधिकारको महत्त्व नबुझ्नु मुख्य कारण रहेको कुरा फोम्बोले बताउनु भएको थियो । यदि हामिलाई आफ्नै देशमा मालिक बनाउँछ भने त्यो सिर्फ एमएनओको चुनाव चिन्ह भालेमा मात्र रहेको कुरामा फोम्बोले जोडदिनु भएको थियो । उक्त कार्यक्रममा मिक्लाजुङ गाउँसभाका अध्यक्ष अबिनास राई, सचिव लालबहादुर मगर लगायत सदस्यहरु कल्पना मगर, सुमन लिङदेन, बेलकुमार लिम्बू, नगेन्द्र लिङदेनको पनि उपस्थिति रहेको थियो । कार्यक्रम मोरङ जिल्ला सभा अध्यक्ष विकेन बान्तावाले सन्चालन गरेका थिए ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्