Mongol vision news | 21 सेप्टेम्बर 2019
मोरङ/ मंगोल नेशनल अर्गनाइजेशन मोरङ जिल्ला सभाको आयोजनमा मिक्लाजुङ वडा नं.-२ स्थित साखारे टोलमा एकदिने खुल्ला मंगोल राष्ट्रवाद सम्वन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
आज तदनुसार 21 सेप्टेम्बर शनिबारका दिन स्थानीय मंगोलप्रेमी बिमल राईको सभाध्यक्षता र एमएनओ केन्द्रीय सदस्य सुरज फोम्बोको प्रमुख आतिथ्यतामा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा एमएनओ प्रदेश नम्बर एक सभाका प्रमुख भास्कर चाम्लिङको विशिष्ट आतिथ्यता रहेको थियो । विशिष्ट अतिथी चाम्लिङले उपस्थित साखारे टोलका मंगोलप्रेमी लोकहरुलाई मंगोल राष्ट्रवादबारे प्रशिक्षण प्रदान गर्नु भएको थियो । प्रशिक्षण प्रदान गर्ने क्रममा उहाँले राज्यको हरेक तवरबाट तपाईं हामी ८०% अहिन्दू मूलवासी मंगोललाई चाहिँ षडाउने, मराउने, जुधाउने र त्यसको फाईदा लुट्दै राज्य सत्तामा आफ्नो हैकम जमाउने गरेको बताउनु भयो । त्यहीँ प्रसंगलाई जोड्नु हुँदै उहाँले अब भने मंगोलहरु राजनितीक तवरले चेतनशिल बन्दै आफ्नै घर एमएनओ फर्किनु पर्ने कुरामा जोडदिनु हुँदै अरु पार्टी बाहुनवाद, हिन्दूवादले ग्रसित मंगोल मास्ने षडयन्त्र रहेको बताउनु भयो । यसैगरी कर्यक्रममा आस बहादुर राई, विक्रम फेम्बु, अबिनास राई, लाल बहादुर मगर, अनिता घिसिङ,सुमन लिङदेन र कल्पना थापा मगरको पनि उपस्थिति रहेको थियो । प्रशिक्षण पश्चात मंगोल राष्ट्रवाद मात्र नेपालको दिगो विकास र उन्नतिको बाटो रहेको कुरा स्थानीय मंगोलप्रेमि बम बहादुर वि.क. ले बताउनु भयो । कार्यक्रममा प्रमुख अतिथि सुरज फोम्बो लगायत विक्रम फेम्बु र अबिनास राइले पनि आ- आफ्नो मन्तव्य राख्नु भएक्ल थियो । कार्यक्रमलाई औपचारिकता रुपम विकेन बान्तावाले सन्चालन गर्नु भएको थियो भने लाल बहादुर मगरले स्वागत मन्तव्य राखेका थिए ।
Copyright © 2020 Mongol Vision. All Rights Reserved.
Powered by : Dradtech Technology