Dilip Dhimal | 27 मार्च 2019
मोरङ / मंगोल नेशनल अर्गनाइजेशन मोरङ जिल्ला सभाको आयोजनामा मोरङको मधुमल्लामा एकदिने मंगोल मूलबासीकाे विषय प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
मिक्लाजुङ गाउँपालिकाको वाड नं. ९ मधुमल्लामा मंगलबार चैत १२ गते संगठनका केन्द्रीय सदस्य सुरज फाेम्बो लिम्बूको प्रमुख आतिथ्यतामा भएको उक्त प्रशिक्षण कार्यक्रमलाई केन्द्रीय सदस्य फाेम्बोले सहभागिहरुलाई मंगोल अस्तित्व, मूलबासी र आदिबासी, जनजातीको बारेमा प्रष्ट पार्नु भएको थियो । त्यस्तै उहाँले एमएनओको राजनीति उद्देश्यकाे बारेमा पनि बताउनु भयो । स्थानीय कबिता राइको अध्यक्षतामा सम्पन्न भएको प्रशिक्षण कार्यक्रममा मधुमल्ला क्षेत्रका मूलबासी लाेकसमुदायकाेको उल्लेखनीय सहभागीता रहेको कार्यक्रममा दिपक राइले स्वागत मन्तव्य राख्नु भएको थियो भने कार्यक्रम मोरङ जिल्ला सभाका अध्यक्ष बिकेन बान्तवाले सञ्चालन गर्नु भएको थियो ।
Copyright © 2020 Mongol Vision. All Rights Reserved.
Powered by : Dradtech Technology