शुक्रबार 29 मार्च 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

मोरङका नेता कार्यकर्ताद्वारा रिसर्च सेन्टरको अवलोकन

mongolvision | 20 मार्च 2023

मोरङका नेता कार्यकर्ताद्वारा रिसर्च सेन्टरको अवलोकन


झापा/ झापाको मेची नगर पालिका २ मा रहेको बहु प्रतिष्ठ्त मंगोल रिसर्च सेन्टरको मंगोल नेशनल अर्गनाइजेसन उल्लाबारी नगर सभा मोरङका नेता कार्यकर्ताहरुले अवलोकन गरेको छ ।
सोमबार चैत ६ गते उल्लाबारी नगर सभाको नेतृत्वमा ७० जनाको संख्यामा आएका नेता कार्यकर्ताहरुले सेन्टरको अवलोकन गरेको जिल्ला सभा झापाका अध्यक्ष बानिरा मेचेले बताइन । उहाका अनुसार उहाहरुले एम एनओका संस्थापक तथा युग पुरुष महा मानव ड गोपाल गुरुङको समाधीमा फुल चढाउनु भएको थियो । त्यस्तै रिसर्च सेन्टरमा रहेको बहुमुल्य बस्तुहरुको अवलोकन गर्नु भयो । उक्त बस्तुहरुको बारेमा कोसि प्रान्तीय सभाका सदस्य लासिमहाङ लिम्बुले अवलोकन कर्ताहरु लाई प्रष्ट पार्नु भयो ।
  अवलोकनमा आउनु भएका नेता कार्यकर्ताहरु लाई केन्द्रीय प्रेसिडेन्ट बुद्ध लाल मेचेले संगठनको  र रिसर्च सेन्टरको महत्त्व बारेमा प्रशिक्षण प्रदान गर्नु भयो । सो क्रममा उहाले ड गोपाल गुरुङको सपना मध्ये मंगोल रिसर्च सेन्टर प्रारम्भिक चरणमा भए पनि संगठनले बनाउन सफल भएको र भबिस्यमा आधुनिक बनाउने बताउनु भयो । त्यस्तै उहाले एम एनओ लाई रोक्ने छेक्ने शक्ति नभएको भन्दै सतामा पुग्ने बताउनु भयो र सबै नेता कार्यकर्ताहरु लाई एम एमओको  कुराहरु गाउँ गाउमा फैलाउन निर्देशन समेत दिनु भयो । कार्यक्रममा संगठनका केन्द्रिय प्रवक्ता दिलिप धिमाल , वरिष्ठ केन्द्रीय सदस्य तथा मंगोल रिसर्च सेन्टर संचालक सभाका संयोजक शान्ति लाल धिमाल , केन्द्रीय सदस्य मेलिना तामाङ , झापा जिल्ला सभा अध्यक्ष बानिरा मेचे , मेची नगर सभा अध्यक्ष सिनारा मेचे , सचिब किशोर धिमाल लगायतको उपस्थिति रहेको थियो ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्