शुक्रबार 17 मे 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

मोरङको पथरी कन्दरा टोलमा एकदिने मंगोल राष्ट्रवाद सम्वन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न

Mongol Vision News | 31 जूलाई 2019

मोरङको पथरी कन्दरा टोलमा एकदिने मंगोल राष्ट्रवाद सम्वन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न

मोरङ/ मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा मोरङको सक्रीयतामा मोरङको पथरी स्थित कन्दरा टोलमा एकदिने मंगोल राष्ट्रवाद सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । 31 July बुधबारका दिन पथरी दुई कन्दरा टोल निवासी स्थानीय मंगोल प्रेमी नन्दलाल फागोको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा संगठनका केन्द्रीय सदस्य सुरज फोम्बो लिम्बूको प्रमुख आतिथ्यता रहनु भएको थियो । त्यसैगरी प्रशिक्षण कार्यक्रमको विशिष्ट अतिथिमा मंगोल नेशनल अर्गनाइजेशन मोरङ जिल्ला सभा अध्यक्ष बिकेन बान्तावा रहनु भएको थियो । स्थानीय मंगोल प्रेमि तथा शुभचिन्तकहरुको उपस्थिति रहेको कार्यक्रममा प्रमुख अतिथी फोम्बोले मंगोल राष्ट्रवादबारे प्रशिक्षण प्रदान गर्नु भएको थियो । प्रशिक्षणकै क्रममा फोम्बोले आदिवासी जनजाती, मूलवासी र मंगोल शव्दबारे पनि अहिलेको भ्रमलाई चिर्दै प्रष्ट पार्नुभयो । मन्तव्यकै क्रममा आदिवासी जनजाति शव्दले सधैं दासी बनाउँने र मूलवासी मंगोल शव्दले देशको मालिक बनाउने कुरा फोम्बोले बताउनु भयो । त्यसैले अब अस्तित्व सहित मालिक बनिनेकी अस्तित्व विहिन विदेशी शरणार्थी बाहुन क्षेत्रीको गुलामि स्विकार्ने अब तपाईं हाम्रो हातमा रहेको कुरा बताउनु भयो । आगामी साउन २४ गते पथरी नगरसभाको प्रथम ऐतिहासिक अधिवेशनलाई मध्यनजर गराउँदै फोम्बोले उक्त ऐतिहासिक कार्यमा सरिक हुन पनि अनुरोध गर्नु भयो । हामिले आजसम्म खान र लगाउनका लागि मात्रै मरिहत्ते गरेकाले आफ्नो अस्तित्वमा लात बजार्न सधैं बाहुन क्षेत्रीलाई अधिकार दिएकोले अब आउने चुनावमा आफ्नो अस्तित्व आफै लिनका निमित्त मंगोल नेशनल अर्गनाइजेशनको चुनाव चिन्ह कुखुराको भलेमा मतदान गर्न पनि फोम्बोले आह्वान गर्नु भयो । कार्यक्रममा पथरी नगर सभा अध्यक्ष डम्बर तामाङ र बिक्रम फेम्बू लगायतका उपस्थिति रहेको थियो भने गणेश घलेले स्वागत मन्तव्य राखेका थिए ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्