बुधबार 24 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

मोरङको पथरीमा मंगोल राष्ट्रवाद सम्बन्धि प्रशिक्षण सम्पन्न

Mongol Vision News | 24 अगस्ट 2019

मोरङको पथरीमा मंगोल राष्ट्रवाद सम्बन्धि प्रशिक्षण सम्पन्न

मोरङ/ मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा मोरङको पहलमा मोरङको पथरी शनिश्चरे -३ किशान टोलमा एकदिने खुल्ला मंगोल राष्ट्रवाद प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । 24 अगष्टका दिन स्थानिय मंगोलप्रेमी सुक माया राईको सभाध्यक्षतामा सम्पन्न प्रशिक्षण कार्यक्रममा मोरङ जिल्ला सभा अध्यक्ष बिकेन बान्तावाको प्रमुख अतिथी तथा प्रमुख प्रशिक्षक रहनु भएको थियो । पथरी नगर सभा सचिव बिक्रम फेम्बूले सन्चालन गरेको उक्त प्रशिक्षण कार्यक्रममा प्रमुख अतिथि तथा प्रशिक्षक बान्तावाले उपस्थित मंगोलप्रेमी महानुभावहरुलाई मंगोल राष्ट्रवाद सम्बन्धि प्रशिक्षण प्रदान गर्नुका साथै संगठानिक विषयमा पनि प्रशिक्षण प्रदान गर्नु भएको थियो ।

मोरङको पथरीमा मंगोल राष्ट्रवाद सम्बन्धि प्रशिक्षण सम्पन्न

पथरी नगर सभा अध्यक्ष टेक बहादुर मगरको स्वागत मन्तव्य संगै सुरुवात भएको प्रशिक्षण कार्यक्रममा मोरङ जिल्ला सभा सचिव धनराज (Db Mongol) ले पनि मन्तव्य राखेका थिए । यसैगरी जिल्ला सभा मोरङकै पहलमा मिक्लाजुङ १ स्थित आइतबारेमा स्थानीय मंगोलप्रेमी साईन कुमार राइको सभाध्यक्षता र केन्द्रीय सदस्य सुरज फोम्बोको प्रमुख आतिथ्यतामा एकदिने मंगोल राष्ट्रवाद सम्बन्धि प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथी फोम्बोले उपस्थित मंगोलप्रेमी महानुभावहरुलाई मंगोल राष्ट्रवाद सम्बन्धि प्रशिक्षण प्रदान गर्नु भएको थियो । बेलबारी नगर सभा सदस्य कृष्ण दर्लामी मगरले स्वागत मन्तव्य राखेका थिए भने मिक्लाजुङ गाउँ सभा अध्यक्ष अबिनास राईले कार्यक्रम सन्चालन गरेका थिए ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्