बिहिबार 23 अप्रिल 2026

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

मोरङको पथरी शनिस्चरेमा मंगोल राष्ट्रवाद सम्बन्धी प्रशिक्षण सम्पन्न

Mongol Vision News | 26 मे 2019

मोरङको पथरी शनिस्चरेमा मंगोल राष्ट्रवाद सम्बन्धी प्रशिक्षण सम्पन्न

मोरङ/ मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा मोरङको सक्रियतामा पथरी शनिश्चरेमा एकदिने मंगोल राष्ट्रवाद सम्बन्धी खुल्ला प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । स्थानिय मंगोलप्रेमी विशाल आङथोपोको सभाध्यक्षतामा सम्पन्न प्रशिक्षण कार्यक्रममा संगठनका केन्द्रीय सदस्य सुरज फोम्बू प्रमुख अतिथी तथा प्रनुख प्रशिक्षक रहेका थिए । 26 May आईतवारका दिन पथरी शनिश्चरे वडा नम्बर तीन शेर्मा टोलमा स्थानिय मूलवासी लोकसमुदायहरुको उल्लेख्य उपस्थिति बिच प्रमुख प्रशिक्षक फोम्बोले मानव अस्तित्व लगायत आदिवासी जनजाति र मूलवासी शव्दको अर्थ र असरबारे प्रष्ट्याउनु भयो । जति जति हामी यो देशको ८०% अहिन्दू मूलवासी मंगोलहरु राजनितीक चेतनशील बनी एक हुन्छौं तब तब विदेशी हिन्दूआर्यन बाहुन क्षेत्री सागुरिन्दै जानेछ र यो क्रम राजनितिक तवरमा देखिन थालिसकेकोले हामी ८०% अहिन्दू मूलवासी मंगोलहरु हाम्रो साझा घर एमएनओमा आबद्ध हुन आजको नितान्त आवश्यक रहेको फोम्बोले बताउनु भयो । कार्यक्रममा टेक बहादुर मगत, डम्बर तामाङ, लाल बहादुर मगर लगायत रबिन श्रेष्ठ अतिथिमा रहनु भएको थियो भने मोरङ जिल्ला सभा सचिव धनराज लिम्बूले कार्यक्रम सन्चालन गरेका थिए ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्