बुधबार 15 मे 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

मोरङको पथरीशनिश्चरेमा कार्यकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न

mongolvision | 19 जनवरी 2022

मोरङको पथरीशनिश्चरेमा कार्यकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न


मोरङ / एम. एन. ओ.  पथरीशनिश्चरे -४ वडा सभाको आयोजनामा  प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रम वडा सभाका अध्क्षय मुनाल राईको सभाध्क्षयतामा एवं एम. एन. ओ.
केन्द्रिय सदस्य सुरज फोम्बो लिम्बु ज्युको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा विशिष्ट अतिथिमा मोरङ जिल्ला अध्क्षय बिकेन वान्तवा राई रहनुभएको थियो। 
         कार्यक्रममा विशिष्ट अतिथिले शुभकामना मन्तव्य राख्नुभएको थियो भने प्रमुख अतिथि फोम्बोले उपस्थित कार्यकर्ताहरुलाई प्रशिक्षण प्रदान गर्नुभएको थियो । प्रशिक्षणको दौरानमा उहाँले एम. एन. ओ. को कार्यकर्ताहरुलाई बिथोल्न बिभिन्न षड्यन्त्रहरू गर्ने र प्रलोभन देखाउने हुनाले सबै कार्यकर्ताहरुमा सचेत र सतर्क रहन आव्हान गर्नुभयो । पथरीशनिश्चरे नगर अध्क्षय पुनम साम्पाङ राई,नगर प्रमुख सल्लाहकार टेक बहादुर मगर,सल्लाहकार बिक्रम फेम्बु लिम्बु लगायत वडा सभाका सम्पुर्ण पदाधीकारीहरूको उपस्थितिमा सम्पन्न उक्त कार्यक्रममा पथरीशनिश्चरे नगर सदस्य गंगा तामाङले स्वागत मन्तव्य राख्नुभएको थियो भने नगर सदस्य उमेश राईले कार्यक्रम सञ्चालन  गर्नुभएको थियो ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्