बिहिबार 23 अप्रिल 2026

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

मोरङको पथरी शनिश्चरेमा मंगोल राष्ट्रवाद सम्वन्धी प्रशिक्षण

Mongol Vision News | 7 अगस्ट 2019

मोरङको पथरी शनिश्चरेमा मंगोल राष्ट्रवाद सम्वन्धी प्रशिक्षण

मोरङ/ मंगोल नेशनल अर्गनाइजेशन पथरी शनिश्चरे नगर सभाको ऐतिहासिक प्रथम नगर अधिवेशनको अन्तिम चरणमा पुगेको छ । 7 अगष्टका दिन पथरी शनिश्चरे नगर सभाको सक्रीयतामा वडा नम्बर ९ मगर टोलमा स्थानीय मंगोलप्रेमी जीवन मगरको अध्यक्षतामा एकदिने मंगोल राष्ट्रवाद सम्बन्धि प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो । प्रथम ऐतिहासिक नगर अधिवेशनलाई लक्षित गरी आयोजना गरिएको उक्त प्रशिक्षण कार्यक्रममा संगठनका केन्द्रीय सदस्य सुरज फोम्बोको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा प्रमुख अतिथी फोम्बोले उपस्थित मंगोलप्रेमी महानुभावहरुलाई मंगोल राष्ट्रवाद सम्बन्धी प्रशिक्षण प्रदान गर्नु भयो । नजिकै आउँदै गरेको २५औं विश्व मूलवासी दिवसबारे प्रष्ट पार्नुहुँदै फोम्बोले आदिवासी जनजाती देशै नहुने जमात रहेको बताउनु भयो । नेपालका मूलवासिहरुको हकहित र अस्तित्वको निमित्त बुलन्द आवाज उठाउने राजनीतिक संगठन मंगोल नेशनल अर्गनाइजेशन मात्र रहेको उहाँले जोडदिनु भयो । प्रशिक्षण कार्यक्रममा स्थानीय मंगोलप्रेमि बिक्रम फेम्बूले स्वागत मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा मंगोल नेशनल अर्गनाइजेशन मोरङ जिल्ला सभाका सदस्त घिम कन्दङवाको पनि उपस्थिति रहेको थियो भने बिकेन बान्तावाले कार्यक्रम सन्चालन गर्नु भएको थियो ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्