बिहिबार 23 अप्रिल 2026

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

मोरङको पथरी शनिश्चरे सम्झना चौकमा मंगोल राष्ट्रवाद सम्बन्धि प्रशिक्षण सप्पन्न ।

Mongol vision news | 22 सेप्टेम्बर 2019

मोरङको पथरी शनिश्चरे सम्झना चौकमा मंगोल राष्ट्रवाद सम्बन्धि प्रशिक्षण सप्पन्न ।

मोरङ/ मंगोल नेशनल अर्गनाइजेशन मोरङको पहल साथै एमएनओ पथरी शनिस्चरे नगर सभाको सक्रीयतामा पथरी शनिश्चरे वडा नम्बर - ४ सम्झना चौकमा मंगोल राष्ट्रवाद सम्वन्धी एकदिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।           आज तदनुसार २२ सेप्टेम्बर आईतवारका दिन सम्झना चौकका स्थानीय मंगोलप्रेमी गंगाबहादुर तामाङको सभाध्यक्षता र संगठनका केन्द्रीय सदस्य सुरज फोम्बोको प्रमुख आतिथ्यतामा प्रशिक्षण सम्पन्न भएको छ । डम्बर तामाङको स्वागत मन्तव्य संगै औपचारिक रुपमा शुरु भएको उक्त प्रशिक्षण कार्यक्रममा प्रमुख अतिथी तथा मुख्य प्रशिक्षक फोम्बोले मानव अस्तित्व लगायत आदिवासी जनजाती र मूलवासि मंगोल शव्दबारे प्रष्ट पार्नुभयो । प्रशिक्षणकै क्रममा हामिले आजसम्म अरुको निम्ति लडेपनी अबको समय आफ्नो अस्तित्वको निमित्त लड्नु पर्ने समय आएको बताउनुहुदै मंगोलहरुको एकता आजको आवश्यकता रहेको कुरामा उहाँले जोडदिनु भयो । एमाले कंग्रेस ए बि सि डि जुनसुकै पार्टी भएनी त्यो बाहुन क्षेत्रीको साझा घर रहेको र मंगोलहरुको एकमात्र साझा घर एमएनओ रहेको बताउनु हुँदै आफ्नो अस्तित्वको निमित्त चुनाव चिन्ह भालेमा मतदान गरि आफ्नो घर बलियो बनाउनु पर्ने बताउनु हुँदै चुनाव चिन्ह भालेमा मतदान गर्न फोम्बोले आह्वान गर्नुभयो । उक्त प्रशिक्षण कार्यक्रममा टेकबहादुर मगर लगायत गणेश गुरुङको उपस्थिति रहेको थियो । कार्यक्रम पथरी शनिस्चरे नगर सचिव विक्रम फेम्बुले सन्चालन गरेका थिए ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्