सोमबार 29 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

मोरङको पथरीशनिश्चरे -३ वडा सभा गठन

mongolvision | 13 जनवरी 2022

मोरङको पथरीशनिश्चरे -३ वडा सभा गठन


मंगोल नेशनल अर्गनाइजेशन पथरीशनिश्चरे ३ नम्बर वडा सभा गठन कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रम नगरसभा अध्यक्ष पुनम साम्पाङ राईको सभाध्यक्षतामा एवं एम. एन. ओ. १ नम्बर प्रान्तीय सभा सदस्य सोम बल तामाङ ज्युको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा विशिष्ट अतिथिमा मोरङ जिल्ला सभा अध्यक्ष विकेन वान्तवा रहनुभएको थियो । कार्यक्रमा उर्लाबारी नगरसभाका अध्यक्ष मोहन राई र विशिष्ट अतिथिले शुभकामना मन्तव्य राख्नुभएको थियो । अश्मी चेम्जोङको अध्यक्षतामा २२ सदस्यीय वडा सभा गठन भएको हो । सचिव, कोषाध्यक्ष, सहसचिवमा क्रमशः दोमन चेम्जोङ, पन्च बहादुर राई र एन्जल तुम्बापो रहनुभएको छ । सदस्यहरूमा लाल बहादुर राई, बिशाल सावा,मन कुमार दर्जी, तिलक बहादुर भुजेल, बिशाल तामाङ, एलिस तुम्बापो, खालिङ, बिजय राई, गम्वा रूम्दाली, जयश्वर लिम्बु, दीलिप राई, शैलेश सावा, अमर सावा, भोट विर राई, गंगामान याक्खा, दुर्गा तामाङ, टिकाराम राई र विष्णु बहादुर श्रेष्ठ रहनुभएको छ । सभाका पदाधिकारीहरुलाई कार्यक्रमका प्रमुख अतिथि तामाङले खदा लगाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको थियो । पथरीशनिश्चरे नगरसभाका पदाधिकारीहरु लगायत लोक समुदायहरुको सौहार्दपूर्ण उपस्थितिमा सम्पन्न उक्त कार्यक्रममा नगरसभाका कोषाध्यक्ष गणेश घलेले स्वागत मन्तव्य राख्नुभएको थियो भने सचिव रामचन्द्र गुरुङले कार्यक्रम सञ्चालन गरेका थिए ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्