शनिबार 20 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

मोरङको राजारानी बस्तीमा मंगोल राष्ट्रवाद सम्बन्धी एकदिने प्रशिक्षण सप्पन्न

Mongol Vision News | 14 अक्टोबर 2019

मोरङको राजारानी बस्तीमा मंगोल राष्ट्रवाद सम्बन्धी एकदिने प्रशिक्षण सप्पन्न

मोरङ/ मंगोल नेशनल अर्गनाइजेशन मोरङ जिल्ला सभाको सक्रीयतामा मोरङको लेटाङ- १ राजारानी बस्तीमा मंगोल राष्ट्रवाद सम्बन्धि प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

         राजारानी बस्तीका स्थानीय मंगोलप्रेमी हंस बहादुर पिठकोठेको सभाध्यक्षतामा उक्त प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा संगठनका केन्द्रीय सदस्य सुरज फोम्बो प्रमुख आतिथि तथा प्रशिक्षकका रुपमा रहनु भएको थियो । राजारानी स्थित मंगोलप्रेमिहरुको उल्लेखनीय उपस्थितिको बीच प्रमुख अतिथी तथा प्रशिक्षक फोम्बोले मंगोल राष्ट्रवाद विषयक प्रशिक्षण प्रदान गर्नु भएको थियो । प्रशिक्षण प्रदान गर्नुहुँदै उहाँले आदिवासी जनजाती र मूलवासी मंगोल शव्दबारे प्रष्ट्याउनु भएको थियो । हामिले आज सम्म आफू र आफ्नोबारे नचिनेका कारण मंगोल एकता हुन नसके बताउँदै फोम्बोले मंगोलहरुलाई एकताको शुत्रमा बाध्ने एकमात्र राजनीतिक संगठन एमएमओ मात्र रहेको कुरामा जोडदिनु भएको थियो ।

          त्यसैगरी कार्यक्रममा एमएनओ मोरङ जिल्ला सभाका सहसचिव श्रीया तमु लगायत एमएनओ मिक्लाजुङ गाउँसभाका सचिव लाल बहादुर मगरको उपस्थिति रहेक थियो । एमएनओ पथरी शनिश्चरे नगर सभाका अध्यक्ष टेकबहादुर मगरको स्वागत मन्तव्य संगै शुरूवात भएको उक्त प्रशिक्षण कार्यक्रम विकेन बान्तावाले सन्चालन गरेका थिए ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्