Mongol Vision News | 1 जून 2019
मोरङ/ मोरङ जिल्लाको विभिन्न भेगमा मंगोल नेशनल अर्गनाइजेशन मोरङ जिल्लाको सक्रियतामा मंगोल राष्ट्रवाद सम्बन्धी प्रशिक्षण कार्यक्रम तिव्र रुपमा भईरहेको छ ।
1 June शनिवारका दिन मोरङ जिल्लाको रतुवामाई धादद्रा नौं स्थित शंकर लिम्बूको अध्यक्षता र मिना तामाङको विशेष पहलमा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा संगठनका केन्द्रीय सदस्य सुरज फोम्बो रहनु भएको थियो । त्यस्तै कार्यक्रममा प्रमुख अतिथी एवम् प्रमुख प्रशिक्षक फोम्बोले विदेशि शरणार्थी बाहुन क्षेत्रीले शव्दरुपी षडयन्त्र गर्दै हामी मूलवासिहरुलाई छिन्नभिन्न बनाई रहेको बताउनु भयो । हिजो हामिलाई मतुवाली शव्दले पुस्तौं पुस्ता दासी बनायो भने आज शव्दजाल नयाँ बुन्दै आदिवासी जनजाति बनाउने अभियान तिव्र गतीमा थालेकोले आदिवासी जनजाती शव्दबारे प्रष्ट हुन मूलवासी मंगोलहरुमा नितान्त आवश्यक रहेको फोम्बोले बताए । यसैगरी आदिवासी जनजाती भनेको आफ्नो भावी सन्तति माथी लात बजार्दै बाहुन क्षेत्रीको हलि गोठाला मात्र हुने भएकोले आदिवासी जनजातीले बाहुन क्षेत्रीलाई मालिक बनाउने र आफू दासी हनुमान बनिने कार्य गरेको फोम्बोले बताउनु भयो । उहाँले भन्नू भयो कि जब मूलवासिहरु आफ्नो देशमा विदेशिको सासनमा पर्छन् आफ्नो अधिकार विहिन बन्छन भावी सन्ततिको भविष्य अन्धकार हुने भएको र आज हामी पनि त्यही अवस्थामा गुजृरहेको कुरा बताउनु भयो । आफ्नो हकअधिकार र अस्तित्वको निमित्त सर्वप्रथम हामी मानव हुन आवश्यक रहेको छ ।
आजसम्म हामी मानव भई नसकेकोले अस्तित्व विहिन पशुतुल्य जिवनबाट मानव बनाउने अभियनमा आज मंगोल नेशनल अर्गनाइजेशन संघर्षरत रहेकोले सबैले आफ्नो घर, संगठन एमएनओमा आबद्ध हुन अतिथि फोम्बोले आग्रह गर्नु भयो । कार्यक्रममा सुनसरी जिल्ला सभाका सहसचिव श्रीया तमु लगायत टेक बहादुर मगरले स्वागत मन्तव्य राखेका थिए भने मोरङ जिल्ला सभा अध्यक्ष बिकेन बान्तावाले कार्यक्रम सन्चालन गर्नु भएको थियो ।
Copyright © 2020 Mongol Vision. All Rights Reserved.
Powered by : Dradtech Technology