शुक्रबार 17 मे 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

मोरङको सुनबर्शीमा एक दिने प्रशिक्षण

mongolvision | 17 डिसेम्बर 2021

मोरङको सुनबर्शीमा एक दिने प्रशिक्षण


मोरङ / मंगोल नेशनल अर्गनाइजेशन सुनबर्शी नगर सभाको आयोजनामा मोरङको सुनबर्शीमा एक दिने मंगोल मुलबासी बिषयमा प्रशिक्षण कार्यक्रम साथै तदर्थ वाड सभा गठन कार्यक्रम सम्पन्न भएको छ ।
१७ डिसेम्बर शुक्रबार जिल्ला सभा मोरङका सचिब धन राज लिम्बुको प्रमुख आतिथ्यतामा भएको प्रशिक्षण कार्यक्रम लाई उहाले नै प्रशिक्षण प्रदान गर्नु भएको थियो । सो क्रममा उहाले मंगोल अवस्थित्व ,एम एनओको उदेश्य माथी प्रकाश पार्नु भयो । सुनबर्शी नगर सभाका अध्यक्ष सकुन्तला श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रम कै अवसर पारेर गणेश  लिम्बुको अध्यक्षता मा २३ सदस्य तदर्थ ४ न वाड सभा समेत निर्माण गरिएको छ । वाड सभाको सचिब पदम बा तामाङ , कोषाध्यक्ष चाच बा चोबाङ ,सह सचिब दिनेश तामाङ रहनु भएको छ भने सदस्यहरुमा देवानद ताजपुरिया ,दोर्जे तामाङ ,अनिस लिम्बू,चन्द्र तामाङ ,दिल बा लिम्बू, हर्क लिम्बू ,मदन बा लिम्बू,गणेश योङ्हाङ,मेगनाथ ऋसिदेब ,सहदेब ऋसिदेब ,भक्त लिम्बू, डिङ्मा शेर्पा , सान्ता लिम्बू ,लाल बा राई रहेका छन ।नव गठित तदर्थ वाड सभाका पदाधिकारीहरु लाई कार्यक्रमका प्रमुख अतिथि धन राज लिम्बुले पद तथा गोपनियताको सपथ ग्रहण गराउनु भएको थियो ।नगर सभाका कोषाध्यक्ष रिन्छेन तामाङले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रम सचिब तिल्कु ऋसिदेब ले संचालन गरेका थिए ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्