बिहिबार 23 अप्रिल 2026

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

मोरङको सुनबरसी ढोकरियामा मंगोल राष्ट्रवाद सम्बन्धी प्रशिक्षण सम्पन्न

Mongol Vision News | 28 सेप्टेम्बर 2019

मोरङको सुनबरसी ढोकरियामा मंगोल राष्ट्रवाद सम्बन्धी प्रशिक्षण सम्पन्न

मोरङ/ मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा मोरङको सक्रीयतामा सुनबरसी-३ स्थित ढोकरियामा मंगोल राष्ट्रवाद सम्बन्धि प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । तदनुसार 27 सेप्टेम्बर शुक्रवारका दिन सुनबरसीका स्थानिय मंगोलप्रेमि महेन्द्र राजवंशिको सभाध्यक्षतामा कार्यक्रम भएको थियो । कार्यक्रममा मंगोल नेशनल अर्गनाइजेशन केन्द्रीय सदस्य सुरज फोम्बो प्रमुख प्रशिक्षक तथा प्रमुख अतिथिको रुपमा रहनु भएको थियो । मंगोल राष्ट्रवादनै अबको अन्तिम विकल्पको रुपमा रहेको बताउनुहुदै प्रमुख प्रशिक्षक फोम्बोले उपस्थित मंगोलप्रेमी महानुभावहरुमा प्रशिक्षित गराउनु भयो ।

मोरङको सुनबरसी ढोकरियामा मंगोल राष्ट्रवाद सम्बन्धी प्रशिक्षण सम्पन्न

प्रशिक्षण प्रदान गर्नुहुदै आज सम्म हिन्दूवाद, बाहुनवादले हामी अहिन्दू मूलवासी मंगोलहरुलाई विभाजन गराएको उहाँले बताउनु भयो । जसकारण हामिले हाम्रो संस्कार, संस्कृतिमा हिन्दूकरण मुक्त बनाउन सके हाम्रो भावी सन्ततिको उज्वल भविष्य रहेको कुरामा उहाँले जोडदिनु भयो । यसैगरी उक्र प्रशिक्षण कार्यक्रममा मंगोल नेशनल अर्गनाइजेशन मोरङ जिल्ला सभाका अध्यक्ष बिकेन बान्तावा त्यस्तै टेक बहादुर मगर, लक्ष्मी लिम्बू, यज्ञ राई, खड्ग लिम्बू र चुनदु हेमरुको पनि उपस्थिति रहेको थियो । कार्यक्रममा टेकबहादुर मगरले स्वागत मन्तव्य राख्नु भएको थियो भने रबिन्द्र श्रेष्ठले कार्यक्रम सन्चालन गरेका थिए ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्