सोमबार 6 मे 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

मोरङको सुनवर्शीमा मंगोल राष्ट्रवाद सम्बन्धी बृहत् प्रशिक्षण सप्पन्न

Mongol Vision News | 20 डिसेम्बर 2019

मोरङको सुनवर्शीमा मंगोल राष्ट्रवाद सम्बन्धी बृहत् प्रशिक्षण सप्पन्न

मोरङ/ मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा मोरङको पहलमा एमएनओ सुनवर्शी नगर सभाको सक्रियतामा सुनवर्शी नगर ८ स्थित हरिचन्द्र टोलमा मंगोल राष्ट्रवाद सम्बन्धी बृहत् प्रशिक्षण सम्पन्न भएको छ ।

       आज डिसेम्बर २० तारीख शुक्रवारका दिन एमएनओ सुनवर्शी नगर स्थानीय मंगोलप्रेमी चन्द्र राजवंशिको सभाध्यक्षता र संगठनका केन्द्रीय सदस्य सुरज फोम्बोको प्रमुख आतिथ्यतामा उक्त प्रशिक्षण कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा प्रमुख अतिथी फोम्बोले प्रमुख प्रशिक्षकको भुमिका निर्वाह गर्दै हरिचन्द्र टोलका स्थानीय मंगोलप्रेमी लोकसमुदायहरुलाई मानव अस्तित्व लगायत राजनीतिक विषयमा प्रशिक्षण प्रदान गर्नुभएको थियो । प्रशिक्षणकै क्रममा फोम्बोले हामी मंगोलहरु यो देशको आदिवासी जनजाती नभएर मूलवासी रहेको कुरामा जोडदिनु भयो ।

       त्यसैगरी विदेशी बाहुन क्षेत्रीहरु नेपालको वास्तविक आदिवासी जनजाति रहेको तर शासक बन्नको लागि राजनिती गरिरहेकाले हामिमा राजनितीक चेतना हुन अति आवश्यक रहेको कुरा फोम्बोले बताउनु भयो । हिजो हिन्दूवाद बाहुनवादको षड्यन्त्रमा मंगोलहरुलाई जातजातिमा विभाजन गरि फुटाउ अनि राज गर शुत्रको जन्जिरमा बाधेर आजसम्म राज गरिरहेकाले त्यो जन्जिरलाइ चिर्दै मंगोलहरुलाई एकताको शुत्रमा बाधेर मंगोल मुक्तिको लागी मंगोल नेशनल अर्गनाइजेशनले लडिरहेको कुरा फोम्बोले बताउनु भयो । उक्त प्रशिक्षण कार्यक्रममा पथरी नगर सभाका अध्यक्ष टेकबहादुर मगरले स्वागत मन्तव्य राख्नु भएको थियो । मोरङ जिल्ला सचिव धनराज लिम्बूले सन्चालन गर्नु भएको कार्यक्रममा एमएनओ सुनवर्शी नगर सभाका अध्यक्ष महेन्द्र राजवंशी, सुनवर्शी नगर सभा सदस्य रविन्द्र श्रेष्ठ लगायत एमएनओ मिक्लाजुङ गाउँसभा सदस्य लालबहादुर मगरको उपस्थिति रहेको थियो ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्