सोमबार 29 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

मोरङको सुनवरसी -२ वडा सभा गठन

mongolvision | 13 जनवरी 2022

मोरङको सुनवरसी -२ वडा सभा गठन


मोरङ/ मंगोल नेशनल अर्गनाइजेशन सुनवरसी नगरसभाको आयोजनामा सुनवरसी वडा नम्बर २ मा एकदिने मंगोलवाद सम्बन्धी प्रशिक्षण कार्यक्रम साथै वडा सभा गठन कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रम सुनवर्सी नगरसभा अध्यक्ष सकुन्तला श्रेष्ठको सभाध्यक्षतामा एवं एम. एन. ओ. १ नम्बर प्रान्तीय सभा सदस्य देव नारायण धिमाल धिमाल रहनुभएको थियो । कार्यक्रममा विशिष्ट अतिथि एम. एन. ओ. मोरङ जिल्ला सदस्य डम्बर बल तामाङ रहनुभएको थियो भने अतिथिमा जिल्ला सदस्य रविन्द्र श्रेष्ठ रहनुभएको थियो । कार्यक्रममा नगरसभा सदस्य उतर कुमार राजवंशी, अतिथि, विशिष्ट अतिथिले शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा प्रमुख अतिथि धिमालले मंगोल नेशनल अर्गनाइजेशनको राजनैतिक पृष्ठभुमि र उद्देश्यको बारेमा प्रष्ट्याउँदै प्रशिक्षण प्रदान गर्नुभएको थियो । अबको समय मूलबासी मंगोलहरुले आफ्नो अस्तित्व, अधिकारको सुनिश्चितता संगै देशको शासक बन्नको निमित्त कुखुराको भालेमा मतदान गर्न आव्हान गर्नुभयो । उक्त प्रशिक्षण कार्यक्रम पश्चात रुप नारायण श्रेष्ठको अध्यक्षतामा १९ सदस्यीय वडा सभा गठन भएको छ । स्थानीय लोक समुदायहरुको बाक्लो उपस्थितिमा सम्पन्न उक्त कार्यक्रममा नगर सदस्य एक बहादुर राईले स्वागत मन्तव्य राख्नुभएको थियो भने नगर सचिव तिल्कु ऋषिदेवले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्