आइतबार 5 मे 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

मोरङको सेवारो चौकमा मंगोल राष्ट्रवाद सम्बन्धि प्रशिक्षण कार्यक्रम सम्पन्न

Mongol Vision | 5 जनवरी 2021

मोरङको सेवारो चौकमा मंगोल राष्ट्रवाद सम्बन्धि प्रशिक्षण कार्यक्रम सम्पन्न

मोरङ/ आज मोरङ जिल्लाको पथरी-शनिश्चरे -३ स्थित सेवारो चौकमा एकदिने मंगोल राष्ट्रवाद प्रशिक्षण सम्पन्न भएको छ । कार्यक्रममा पथरी शनिश्चरे नगर अध्यक्ष टेकबहादुर मगरको सभाध्यक्षता रहेको थियो भने संगठनका केन्द्रिय सदस्य सुरज फोम्बो लिम्बुको प्रमुख अतिथ्यता रहेको थियो । त्यस्तै बिशिष्ट अतिथिहरूमा, मोरङ जिल्ला सभाको अध्यक्ष बिकेन वान्तवा राई, सचिव धनराज लिम्बु, जिल्ला सदस्य डम्बर बल तामाङ र सुनसरी जिल्ला सह-सचिव श्रीया तमु गुरूङ थिए । यसैगरी कार्यक्रममा पथरी सनिश्चरे नगर सभाको सदस्य नर बहादुर विश्वकर्माको पनि उपस्थिति रहेको थियो । कार्यक्रम पथरी-शनिश्चरे नगर सचिव बिक्रम फेम्बु लिम्बुले सञ्चालन गरेका थिए । सेवारो चौकका स्थानीय मूलवासी मंगोलहरु माझ प्रमुख अतिथि फोम्बोले मंगोल राष्ट्रवाद सम्बन्धि प्रशिक्षण प्रदान गर्नु भएको थियो ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्