बिहिबार 23 अप्रिल 2026

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

मोरङको दुई स्थानमा मंगोलको प्रशिक्षण

mongolvision | 2 फेब्रुअरी 2022

मोरङको दुई स्थानमा मंगोलको प्रशिक्षण


मोरङ / मोरङको दुई स्थानमा मंगोल नेशनल अर्गनाइजेसनले एकै दिन प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।
मंगलबार माघ १८ गते प्रथम  केराबारी गाउँ अधिबेशन मुल आयोजक सभाको सकृयातामा केराबारी गाउँ पालिका  ९ भालुगोडे टोलमा नर बहादुर  गुरुङ्को अध्यक्षतामा एकदिने मंगोल रास्ट्रबाद सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। संगठनका केन्द्रिय सदस्य  सुरज फोम्बो लिम्बूको प्रमुख अतिथिमा सम्पन्न भएको प्रशिक्षण कार्यक्रममा उहाले प्रशिक्षण प्रदान गर्नु भएको थियो । प्रशिक्षणको क्रममा उहाले  मानव अस्तित्व ,अधिकारको बारेमा बताउदै २१ औं शताब्दीमा मुलबासी मंगोलहरु कसरी अधिकारबिहिन बन्न पुग्यो भन्ने बारेमा प्रष्ट पार्नु भयो । त्यस्तै कार्यक्रम मा पथरी शनिसरे नगर सभाका सल्लाहकार बिक्रम फेम्बु ले पनि संगठन को बारेमा बोल्नु भएको थियो । उक्त कार्यक्रममा अतिथिका रुपमा जिल्ला सभाका सचिब धनराज लिम्बू , पथरी शनिसरे नगर सभाका सचिब रामचन्द्र गुरुङ लगायत स्थानिय मुलबासी जनसमुदायको उल्लेखनीय सहभागी रहेको थियो ।  रामचन्द्र गुरुङ्ले स्वागत मन्तव्य राख्नु भएको  कार्यक्रम सन्चालन प्रथम  केराबारी गाउँ अधिबेशन मुल आयोजक सभाको संयोजक  अनु मगर राइले गरेका थिए ।
त्यसैगरि   बेलवारि नगर सभाको सकृयतामा बेलवारि २ लालभित्ती बानडाडा टोलमा ललित लिम्बू ज्युको सभाध्यक्षतामा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रमको प्रमुख अतिथी केन्द्रिय सदस्य  सुरज फोम्बो लिम्बू र अतिथीमा जिल्ला सभाका सचिब धनराज लिम्बू रहनु भएको थियो । कार्यक्रममा प्रमुख  अतिथिले सम्पुर्न एम एन ओको आधारभुत कुरा हरुको प्रशिक्षण प्रदान गर्नु भयो । प्रशिक्षण कार्यक्रम बेलबारी नगर सभाका अध्यक्ष भिम राइले संचालन गर्नु भएको थियो।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्