बिहिबार 25 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

मोरङको धनपालथानमा मंगोल राष्ट्रवाद सम्बन्धि प्रशिक्षण

Mongol Vision News | 6 नोभेम्बर 2019

मोरङको धनपालथानमा मंगोल राष्ट्रवाद सम्बन्धि प्रशिक्षण

मोरङ/ मोरङ जिल्लाको धनपालथान गाउँपालिका -२ आनन्द चौकमा मंगोल नेशनल अर्गनाइजेशन मोरङ जिल्ला सभाको सक्रियतामा मंगोल राष्ट्रवाद सम्बन्धि एकदिने खुल्ला प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । आज २० गते बुधबार भएको उक्त प्रशिक्षण कार्यक्रममा स्थानीय मंगोलप्रेमी आनन्द मण्डलको सभाध्यक्षता रहेको थियो । त्यसैगरी कार्यक्रममा प्रमुख अतिथी तथा प्रमुख प्रशिक्षक संगठनका केन्द्रीय सदस्य सुरज फोम्बो रहनु भएको थियो ।

     एमएनओ पथरी नगर सभा अध्यक्ष टेकबहादुर मगरको स्वागत मन्तव्य संगै शुरुभएको उक्त प्रशिक्षण कार्यक्रममा आगामि मंसिर १४ गते हुन गईरहेको स्थानीय तहको उप निर्वाचनलाई लक्षित गर्दै संगठनबारे फोम्बोले प्रशिक्षण प्रदान गर्नु भएको थियो । त्यसैगरी मानव अस्तित्वबारे प्रष्ट पार्दौ फोम्बोले हाम्रो मानव अस्तित्व मंगोल रहेको कुरा बताए ।

मोरङको धनपालथानमा मंगोल राष्ट्रवाद सम्बन्धि प्रशिक्षण

उक्त प्रशिक्षण कार्यक्रममा एमएनओ सुनवर्सि नगर सभाध्यक्ष महेन्द्र राजवंशीले पनि आफ्नो मन्तव्य राख्नु भएको थियो । एमएनओ लोकतन्त्रलाई आफ्नो पहिलो पक्षधर मान्दै देशको दिगो विकास र उन्नतिको निमित्त लोकद्वारा नै मनोनीत बनिएर सत्तामा पुग्ने सामर्थ्य राख्दै चुनावमा भाग लिने संगठन भएकोले आगामी मंसिर १४ गते हुने चुनावमा पनि धनपालथानमा संगठनले उम्मेदवार उठाउने तयारी भईरहेको मोरङ जिल्ला सभा अध्यक्ष बिकेन बान्तावाले मंगोल भिजनलाई जानकारी गराउनु भयो । कार्यक्रममा एमएनओ सुनवर्सी नगर सभा सचिव रविन्द्र श्रेष्ठको पनि उपस्थिति रहेको थियो ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्