बुधबार 15 मे 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

मोरङको उर्लाबारीमा एम एनओको प्रशिक्षण

mongolvision | 29 जनवरी 2022

मोरङको उर्लाबारीमा  एम एनओको प्रशिक्षण


मोरङ / मंगोल नेशनल अर्गनाईजेशन उर्लाबारि नगर सभाको सकृयतामा उर्लाबारि ६ गोपाल चौकमा  एक दिने मंगोलवाद सम्बन्धी  प्रशिक्षण तथा तदर्थ  वडा गठन कार्यक्रम सम्पन्न भएको छ ।
शनिबार माघ १५ गते संगठनका केन्द्रीय सदस्य सुरज फम्बोको प्रमुख आतिथ्यता  र  प्रान्तीय न १ सभाका सदस्य शिव कुमार राइको बिशिस्ट आतिथ्यमा उक्त कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा प्रमुख अतिथि फम्बोले उपस्थित मंगोल समुदायहरु लाई एम एनओको दर्शन र मंगोलवाद बारेमा प्रष्ट पार्नु भएको थियो । कार्यक्रममा बिशिस्ट अतिथि राई , मोरङ जिल्ला सभाका अध्यक्ष बिकेन बान्तवा ,बेलबारी नगर सभाका अध्यक्ष भिम राई , लगायतले आ आफ्नो मन्तव्य राख्नु भएको थियो ।
उर्लाबारी  नगर सभाका अध्यक्ष मोहन राई को अध्यक्षतामा भएको कार्यक्रम कै अवसरमा सन्त कुमार राई को अध्यक्षतामा २४ सदस्य तदर्थ वाड न ६ वाड सभा समेत गठन गरिएको छ ।जसको सचिव टीका बहादुर लिम्बु , कोषाध्यक्ष जस बहादुर तामाङ र सह सचिब मिना लिम्बू रहनु भएको छ।  नव गठित तदर्थ वाड सभाका पदाधिकारीहरु लाई कार्यक्रमका प्रमुख अतिथिले पद तथा गोपनिताको सपथ ग्रहण गराउनु भएको थियो । उर्लाबारि नगर सदस्य धन बहादुर तामाङले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रम नगर सचिव मणि कुमार तामाङले  सन्चालन गर्नु भएको थियो ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्