बुधबार 22 अप्रिल 2026

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

मोरङको उर्लाबारी नगरपालिका वडा नं.०९ मा मंगोल विषयक प्रशिक्षण कार्यक्रम सम्पन्न

Mongolvision | 15 फेब्रुअरी 2025

मोरङको उर्लाबारी नगरपालिका वडा नं.०९ मा मंगोल विषयक प्रशिक्षण कार्यक्रम सम्पन्न

 

             मंगोल बिश्व राई मोरङ/१५ फेब्रुअरी २०२५ सनिवारका दिन मंगोल नेशनल अर्गनाइजेशन उर्लाबारी नगर सभाको आयोजनामा उर्लाबारी नगर सभाका अध्यक्ष मोहन बहादुर राईको सभाध्यक्षतामा एवं संगठनका केन्द्रीय सर्बोच्च सभा सदस्य तथा अनुशासन विभाग संयोजक सुरज फोम्बो लिम्बुको प्रमुख आथित्यतामा एक दिने मंगोल बिषयक प्रशिक्षण कार्यक्रम उर्लाबारी वडा नं. ०९ स्थित त्रिवेणी टोलमा सम्पन्न ।

कार्यक्रमका अतिथि एमएनओ जिल्ला सभा मोरङका प्रचारप्रसार सचीव तथा मंगोल भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाको रिपोर्टर मंगोल बिश्व राई  रहन्नु भएको थियोे  ।
    
 कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै प्रमुख अतिथि तथा प्रमुख प्रशिक्षक लिम्बुले मंगोल बिषयक प्रशिक्षण प्रदान गर्नु हुँदै अब आफ्नो मानव अस्तित्व सहितको हक अधिकारको निमित्त नेबालका मंगोल मुलबासीहरु तीब्र गतिमा एक हुँदै गइरहेको र अब आउने दिनहरुमा अझ सशक्त लागि पर्दै उर्लाबारी नगर सभालाई शक्तिशाली बनाउदै उर्लाबारी नगर सभाको मातहतमा रहेको वडा सभाहरुले पनि तीब्र गतिमा कार्यक्रमहरु अगाडि बढाउँदै लोक समुदाय सबै माझ मंगोल दर्शन बुझाउँदै मंगोलमय बनाउनेमा आफू विश्वस्त रहेको बताउनु हुँदै विश्व राजनीति र कूटनीति सम्बन्धी वर्तमान भइरहेको नेबालका राजनीतिको समसामयिक विषयलाई बिशेष जोड दिनु हुँदै मंगोल विषयक एक दिने प्रशिक्षण प्रदान गर्नु भएको थियो ।

कार्यक्रममा उर्लाबारी नगर सभाका कोषाध्यक्ष धानुका चोङबाङ लिम्बुले स्वागत मन्तव्य राखेको उक्त कार्यक्रम उर्लाबारी नगर सभाका सचिव सुरज (सुभराज) राईले सञ्चालन गरेका थिए ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्