शुक्रबार 26 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

मोरङको विभिन्न भेगमा मंगोल राष्ट्रवाद सम्बन्धी प्रशिक्षण

Mongol Vision News | 18 फेब्रुअरी 2020

मोरङको विभिन्न भेगमा मंगोल राष्ट्रवाद सम्बन्धी प्रशिक्षण

मोरङ / मोरङ जिल्लाको विभिन्न भेगहरुमा मंगोल राष्ट्रवाद सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

    17 फेब्रुअरी शनिवारको दिन एमएनओ पथरी नगर सभाको सक्रीयता र मोरङ जिल्लाको आयोजनमा पथरी वडा नम्बर ३ मिलन चौकमा मंगोल राष्ट्रवाद सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । स्थानीय मंगोल प्रेमी धुर्ब राईको सभाध्यकता र पथरी नगर सचिव बिक्रम फेम्बू लिम्बूले औपचारिक रुपमा सन्चालन गरेको कार्यक्रममा स्थानीय मूलवासी मंगोल लोक समुदायहरुको बाक्लो उपस्थिति बीच कार्यक्रमका प्रमुख अतिथि साथै प्रमुख प्रशिक्षक केन्द्रीय सदस्य सुरज फोम्बोले मूलवासी मंगोल र आदिवासी जनजाती शव्दबारे प्रष्ट पार्नु भएको थियो ।

    कार्यक्रममा जिल्ला तथा नगर सभाका पदाधिकारीको पनि उपस्थिति रहेको थियो । त्यसैगरी मोरङ जिल्लाकै सक्रियतामा केरावारी गाउँपालिका वडा नम्बर ७ आनिगेन चौकमा अगिन्द्र मिभकको सभाध्यक्षतामा मंगोल राष्ट्रवाद सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । केन्द्रीय सदस्य सुरज फोम्बोको प्रमुख आतिथ्यता रहेको उक्त कार्यक्रममा मोरङ जिल्ला अध्यक्ष विकेन बान्तावाले स्वागत मन्तव्य राख्नु भएको थियो भने प्रमुख अतिथी फोम्बोले उपस्थित माहोललाई राजनितीक, तथा मानव उत्पत्ति लगायतका विभिन्न विषयहरूमा प्रशिक्षण प्रदान गर्नु भएको थियो ।

मोरङको विभिन्न भेगमा मंगोल राष्ट्रवाद सम्बन्धी प्रशिक्षण

हिजो सन १४९५ मा भारतबाट लखेटिएर शरणार्थीको रुपमा सरण माग्न नेपाल भित्रेका बाहुन क्षेत्रीहरु यो देशको वास्तविक आदिवासी जनजाती भएकोले हामी मंगोलहरु यहीँ देशको उत्पत्तिवासी मूलवासी रहेको कुरा प्रशिक्षणको क्रममा फोम्बोले बताउनु भयो । त्यस्तै आदिवासी जनजाती शव्द फरक-फरक अर्थ र असर दिने शब्द भएकोले यसलाई एकै ठाउँमा आखेर अथ्र्याउनु मुर्खता रहेको कुरा उल्लेख गर्नु हुँदै मूलवासी मंगोल शव्दले मात्र मानव अस्तित्वमा बाँध्ने र हामिलाई अस्तित्व सहित बाँच्न मंगोल दर्शनले मात्र सिकाउने भएकोले मंगोलहरुको मुक्तिको अन्तिम विकल्प एमएनओ मात्र रहेको कुरामा जोड दिनुभएको थियो ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्