शुक्रबार 17 मे 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

मोरङको विभिन्न स्थानहरुमा मंगोल राष्ट्रवाद सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न

Mongol Vision News | 22 जून 2019

मोरङको विभिन्न स्थानहरुमा मंगोल राष्ट्रवाद सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न

मोरङ/ मंगोल नेशनल अर्गनाइजेशन मोरङ जिल्ला सभाले संगठन विस्तारलाई तिव्रता दिएको छ ।

      22 जुन शनिवारका दिन लेटाङ ८ स्थित जाँते बजारमा स्थानिय मंगोल प्रेमी ओम प्रकाश लिम्बूको सभाध्यक्षता र संगठनका केन्द्रीय सदस्य सुरज फोम्बो लिम्बू ज्युको प्रमुख आतिथ्यतामा प्रशिक्षण कार्यक्रममा सम्पन्न भएको हो । प्रशिक्षण कार्यक्रम पश्चात् भने स्थानिय लोकहरुले हिजो नबुझेर बाहुन क्षेत्रीको विभिन्न पार्टीमा लागी परेता पनि हिजो भएको गल्तिहरुलाई सच्याउँदै आफ्नै घर एमएनओ मा बसेर अघि बढ्ने प्रयत्न गरेका छन । भक्त थेगिम लिम्बूको स्वागत मन्तव्य रहेको उक्त कार्यक्रममा प्रवास सभा भारत, मेघालयका कोषाध्यक्ष दिपेन्द्र राईले पनि आफ्नो मन्तव्य राख्नु भएको थियो भने मोरङ जिल्ला सभाका अध्यक्ष बिकेन बान्तावाले कार्यक्रम सन्चालन गर्नुभएको थियो ।

मोरङको विभिन्न स्थानहरुमा मंगोल राष्ट्रवाद सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न

त्यसैगरि सोहि दिन मोरङ जिल्लाकै सक्रीयतामा लेटाङ १ रमितेमा अम्बिका राईको सभाध्यक्षतामा मंगोल राष्ट्रवाद सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथी संगठनका केन्द्रीय सदस्य सुरज फोम्बो लिम्बूले प्रशिक्षण प्रदान गर्नु भएको थियो । अबिनास राईले सन्चालन गर्नु भएको उक्त कार्यक्रम आश बहादुर राईले स्वागत मन्तव्य राख्नु भएको थियो ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्