Mongol_vision | 5 जनवरी 2022
मोरङ/ मंगोल नेशनल अर्गनाइजेशन पथरी शनिश्चरे नगरसभाको आयोजनामा पथरी-३ वडा स्थित विकास चोकमा एकदिने मंगोल प्रशिक्षण सम्पन्न भएको छ । उक्त कार्यक्रम स्थानीय मंगोल समर्थक मुकेश सुनुवारको सभाध्यक्षतामा एवं एम. एन. ओ. केन्द्रिय सदस्य सुरज फोम्बोको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रमा पथरी नगर अध्यक्ष पुनम साम्पाङ राई, नगर सल्लाहकार बिक्रम फेम्बुले मन्तव्य राख्नुभएको थियो भने प्रमुख अतिथि फोम्बोले प्रशिक्षण प्रदान गर्नुभएको थियो । नगरसभाका सदस्य उमेश राईले स्वागत मन्तव्य राख्नुभएको उक्त कार्यक्रम नगर सचिव रामचन्द्र गुरुङले सञ्चालन गर्नुभएको थियो ।
त्यसैगरी पथरीशनिश्चरे -१० स्थित आदर्श चोकमा पनि मंगोल प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । उक्त स्थानीय मंगोल समर्थक रणधोज लिम्बूको सभाध्यक्षतामा एवं एम. एन. ओ. केन्द्रिय सदस्य सुरज फोम्बोको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा विशिष्ट अतिथि एम. एन. ओ. मोरङ जिल्ला सचिव धनराज लिम्बू विशिष्ट अतिथि रहनुभएको थियो । कार्यक्रममा पथरी नगर अध्यक्ष पुनम साम्पाङ, धनराज लिम्बूले मन्तव्य राख्नुभएको थियो भने प्रमुख अतिथि फोम्बोले प्रशिक्षण प्रदान गर्नुभएको थियो । नगरसभाका पदाधिकारीहरु र स्थानीय मंगोलप्रेमीहरुको साहार्दपूर्ण उपस्थितिमा सप्पन्न उक्त कार्यक्रममा नगर सहसचिव गंगा बहादुर घिसिङले स्वागत मन्तव्य राख्नुभएको थियो भने नगर सचिव रामचन्द्र गुरुङले सञ्चालन गरेका थिए ।
Copyright © 2020 Mongol Vision. All Rights Reserved.
Powered by : Dradtech Technology