बिहिबार 23 अप्रिल 2026

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

मोरङको विभिन्न स्थानमा मंगोल राष्ट्रवाद सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न

Laasim Hang Mongol | 25 मे 2019

मोरङको विभिन्न स्थानमा मंगोल राष्ट्रवाद सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न

मोरङ/ मंगोल नेशनल अर्गनाइजेशन मोरङ जिल्ला सभाको आयोजनमा जिल्लाको विभिन्न स्थानमा मंगोल राष्ट्रवाद सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । 25 May शनिवारका दिन मोरङको लेटाङ 8 जाँते स्थित सोम सिंह मगरको सभाध्यक्षतामा कार्यक्रम भएको छ । कार्यक्रममा प्रमुख अतिथी तथा प्रमुख प्रशिक्षकको रुपमा केन्द्रिय सदस्य सुरज फोम्बो रहनु भएको थियो । ओम प्रकाश चेम्जोङको स्वागत मन्तव्य संगै शुरूवात भएको प्रशिक्षण कार्यक्रममा प्रमुख अतिथी फोम्बोले मानव उत्पती र सांगठनिक विषयमा उपस्थित महानुभावहरुलाई प्रशिक्षण प्रदान गर्नु भएको थियो । जबसम्म हामी आफुले आफैलाइ चिन्दैनौं, राजनीतिक चेतनशिल बन्दैनौं तबसम्म हामि जतिनै सु-सम्पन्न भएनी अधिकारको विषयमा कहिले अगाडी पर्नेछैनौं ।

मोरङको विभिन्न स्थानमा मंगोल राष्ट्रवाद सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न

सदैब आफ्नै देशमा दासी कमारा बनी आफ्नै देशमा विरानो बन्दै जाने छौं त्यसैले आफुले आफैलाई र आफ्नो घर मंगोल नेशनल अर्गनाइजेशनलाई चिनौं आजसम्म हामिले आफ्नो घर नचिनेको कारण पनि पछि परेको फोम्बोले बताउनु भयो । यसैगरी सोहिदिन मोरङ जिल्लाकै मिक्लाजुङ एक रमिते स्थित पनि मंगोल राष्ट्रवाद सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । फुल कुमार राईको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिको रुपमा सुरज फोम्बो रहनु भएको हो । कार्यक्रममा फोम्बोले मानव अस्तित्व लगायत सांगठनिक रुपमा प्रशिक्षण प्रदान गर्नु भयो भने कार्यक्रम विकेन बान्तावाले सन्चालन गरेका थिए । कार्यक्रममा जिल्ला सभा सुनसरीको सहसचिव श्रीया तमु लगायत साखारे टोल सभा अध्यक्ष लाल बहादुर मगर रहनु भएको थियो भने प्रवास सभा भारत मेघालयतका सदस्य टेक बहादुर मगरले स्वागत मन्तव्य राखेका थिए ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्