मङ्गलबार 7 मे 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

मोरङको विभिन्न स्थानमा दसै बहिष्कार कार्यक्रम भब्य रुपमा सम्पन्न

mongolvision | 15 अक्टोबर 2021

मोरङको विभिन्न स्थानमा  दसै बहिष्कार कार्यक्रम भब्य रुपमा सम्पन्न


मोरङ / मोरङको विभिन्न स्थानहरुमा तथाकथित दसै बहिष्कार कार्यक्रम भब्य रुपमा सम्पन्न भएको छ ।
मंगोल  नेसनल अर्गनाइजेसन जिल्ला सभाको आयोजनामा कथित दसै बहिष्कार कार्यक्रम जिल्ला सभाको कार्यलय बेलबारीमा संगठनका केन्द्रीय सदस्य सुरज फम्बोको प्रमुख आतिथ्यतामा  सम्पन्न भयो ।
कार्यक्रममा अतिथि हरुमा केन्द्रिय सदस्य  धनमाया राई १  न प्रान्तीय सदस्य शिब कुमार राई, बेलबारी नगर सभा अध्यक्ष कृष्ण दर्लामी, मिक्लाजुङ गाउ सदस्य बबि बान्तावा, निवर्तमान बेलबारी नगर सभा अध्यक्ष  गोल्छा राई, सदस्य मोहन ब राई लगायत एम एनओका नेता कार्यकर्ताहरुको उल्लेखनीय सहभागिता रहेको थियो । दसै बहिस्कार कार्यक्रम प्रमुख अतिथी फम्बोले तथाकथित  दसै किन बहिस्कार गर्नु परेको भन्ने बारे प्रष्ट पार्नु भयो भने  शिब कुमार राई, बबि बान्तावा, मोहन ब राई र गोल्छा राई ले समेत दसै बहिष्कार गर्नु परेको बारेमा आ आफनो धारणा राख्नु भएको थियो । कार्यक्रम जिल्ला अध्यक्ष बिकेन बान्तवाको अध्यक्षतामा भएको थियो ।
यसैगरी मोरङको सौन्दर  हरैचा, सुनबर्सी, पथरी, लेटाङ ,कानेपोखरी, मिक्लाजुङ को साखारे र ओखलढुंगामा लगायत  स्थान हरुमा पनि दसै बहिस्कार कार्यक्रम भब्यताको साथमा सम्पन्न भएको जिल्ला सचिब धन राज लिम्बुले बताउनु भयो ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्