बिहिबार 2 मे 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

मोरङको विभिन्न ठाउँमा मानव अस्तित्व सम्बन्धि प्रशिक्षण

Lassim hang Mongol | 25 जनवरी 2019

मोरङको विभिन्न ठाउँमा मानव अस्तित्व सम्बन्धि प्रशिक्षण

 मोरङ/ मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा मोरङको सक्रियतामा बेलबारी नगरपालिका वडा-६ सोम्बारेमा मानव अस्तित्व अहिन्दू मूलवासी मंगोल विषयक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । 25 जनवरी शुक्रवारका दिन गाउँ-गाउँ जाऔं, मूलवासी मंगोल जगाऔं, अस्तित्व बचाऔं भन्ने संगठनको मूल नारालाई आत्मसात गर्दै अहिन्दू मूलवासी मंगोल मान बहादुर राईको सभाध्यक्षतामा उक्त प्रशिक्षण कार्यक्रम भएको हो । संगठनका केन्द्रीय सदस्य सुरज फोम्बू लिम्बूको प्रमुख आतिथ्यता रहेको उक्त कार्यक्रममा मुख्य प्रशिक्षकको भुमिका फोम्बिले निर्वाह गर्नु भयो। प्रशिक्षण कार्यक्रममा प्रमुख अतिथी सुरज फोम्बो लिम्बूले प्रशिक्षण प्रदान गर्दै उपस्थित अहिन्दू मूलवासि मंगोल लोक समुदायहरूलाई मानव अस्तित्व लगायत नेपालको वास्तविक राजनितीक समस्या र संगठन र संगठनको उद्धेश्यबारे प्रष्ट्याउनु भयो भने आदिवासी जनजाति शब्द, मुलवासी मंगोलहरुको अस्तित्व नामेट पार्न ल्याएको हिन्दू खस आर्य बाहुनबादिहरुको षड्यन्त्रबारे पनि प्रष्ट्याउनु भयो । त्यस्तै अहिन्दू मुलवासी मंगोलहरू आज सम्म राजनितीक चेतना विहिनका कारण आफ्नै भुमिमा बाहुन क्षेत्रीले कहिले जंगली, भुस्तिघ्रे कहिले मतुवालि कहिले आदिवासी जनजाती बनाएर आफ्नै मुलुकबाट आज दिनदिनहुुँ बिरानो अस्तित्व बिहिन बनाई शरणार्थीको स्थितिमा पुर्याई सकेको र यो एक्काईसौं शताव्दी अहिन्दू मूलवासी मंगोल मूक्तिको शताब्दी भएकोले अहिन्दू मूलवासी मंगोलको एकता आजको राष्ट्रीय आवश्यकता हो । अब नेकपाको बिकल्प कंग्रेस र कंग्रेसको बिकल्प नेकपा अथवा बाहुनको विकल्प क्षेत्री र क्षेत्रीको विकल्प बाहुन नभएकोले बाहुन क्षेत्री र तिनका आर्टिको विकल्प समस्त ८०% अहिन्दू मूलवासी मंगोलको साँझा र सुरक्षीत अनि स्वतन्त्र घर एमएनओ भएको प्रशिक्षक फोम्बोले बताए । कार्यक्रम टेक बहादुर राईले कार्यक्रम सन्चालन गरेका थिए । यसैगरी सोहिदिन जिल्ला सभा मोरङकै सक्रीयतामा सुनवर्सी-६ खिर्की डाङीमा पनि मानव अस्तित्व सम्बन्धि एकदिने खुल्ला प्रशिक्षण कार्यक्रम सम्पन्न भएको थियो । जहाँ संगठनका केन्द्रीय सदस्य सुरज फोम्बो लिम्बूले प्रशिक्षण प्रदान गर्नु भएको थियो ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्