सोमबार 29 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

मोरङमा भेटघाट कार्यक्रम सम्पन्न

mongol vision | 24 मार्च 2021

मोरङमा भेटघाट कार्यक्रम सम्पन्न

मोरङ/ मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा मोरङको पहलमा भेटघाट तथा परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ ।

उक्त भेटघाट तथा परिचयात्मक कार्यक्रममा प्रमुख अतिथिको रुपमा एम एनओ केन्द्रिय प्रेसिडेन्ट बुद्ध लाल मेचे पाल्नुभएको थियो । त्यसैगरी अतिथिहरुको रुपमा एम एनओ केन्द्रिय सदस्य सोम गुरुङ, सुरज फोम्बो, एम एनओ प्रदेश सभा १ सचिव सागर राई र एम एनओ गोरखा जिल्ला प्रचारप्रसार सचीव नवीन गुरुङ रहनुभएको थियो । कार्यक्रममा प्रदेश सभा १ सचिव सागर राई ज्युले यो देशमा मंगोलहरु एक भएर जानुको विकल्प नरहेको र फाउन्डरको त्याग, बलिदान मंगोलहरुले अब खेर जान नदिने कुरा सबैमा जगजाहेर गर्नुभएको थियो ।

उक्त कार्यक्रममा केन्द्रिय सदस्य सोम गुरुङ ज्युले झापा र इलामलाई सम्पुर्ण देशभरिका मंगोलहरुले एम एनओको मेरुदण्ड जिल्लाको रुपमा लिनुपर्ने , संगठनको रक्षा हरदम, हरपल हिजो स्थापना कालदेखी र भोलिका दिन सम्म झापा र इलामबाट नै सुरक्षित हुने कुरा कार्यक्रममा उहाँले जोड दिनुभयो । त्यसैगरी कार्यक्रममा प्रमुख अतिथी केन्द्रिय प्रेसिडेन्ट बुद्धलाल मेचे ज्युले अबको दिनमा हामिले ठुलो त्याग गर्ने दिन हो । सानोतिनो स्वार्थमा अल्झिने होइन । हामिले राम्रो राम्रो काम गरेर समाजमा अगाडि बढ्ने, दिन दु:खि, असाहय गरिबलाई सहयोग । एम एनओलाई तन, मन, धनले सहयोग गरेर सघाउने र हामिले हरेक फिल्ड्को लागि तयारी अवस्थामा रहनुपर्ने कुरामा जोड दिनुभयो । अन्त्यमा कार्यक्रममा अध्यक्षता गर्नुभएका एम एनओ जिल्ला सभा मोरङका अध्यक्ष बिकेन बान्तावा राई ज्युले सम्पुर्ण एम एनओ जिल्ला सभाका साथिहरुलाई जुझारु भएर आगामी अधिवेशनको तयारी अवस्थामा रहन सम्पुर्णलाई विनम्र अनुरोध गर्नुभएको थियो ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्