बिहिबार 23 अप्रिल 2026

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

मोरङमा एमएनओको टोलसभा गठन

Mongol Vision News | 15 अगस्ट 2019

मोरङमा एमएनओको टोलसभा गठन

मोरङ / मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा मोरङको सक्रियतामा मिक्लाजुङ 4 टोर्के टोल सभा गठन भएको छ । 14 अगष्ट 2019 को दिन जिल्ला सभा मोरङ प्रत्यक्ष पहलमा भएको उक्त टोल सभा गठन सुमन लिङदेन को सभाध्यक्षता र एमएनओ केन्द्रीय सदस्य सुरज फोम्बोको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । मंगोल राष्ट्रबाद सम्बन्धि प्रशिक्षण सँगै मिक्लाजुङ 4 टोर्के टोल सभा गठन भएको हो । एमएनओले ठूलो जित हासिल गरेको छ । विभिन्न जातीय संघ संगठन र अन्य बाहुनबादिय पार्टीहरु परित्याग गरि आफ्नो मूल थलो आफ्नै संगठन एमएनओ मा धेरै मूलबासी मंगोलहरु पनि आएका छन् । कार्यक्रममा स्वागत मन्तव्य एमएनओ मिक्लाजुङ गाउँ सभा सदस्य नरेन्द्र लिङदेनले गरेका थिए भने कार्यक्रम सञ्चालन एमएनओ मोरङ जिल्ला सभा अध्यक्ष बिकेन वान्तावा राई ले गर्नुभएको थियो । यस्तै प्रमुख अतिथिको प्रशिक्षण सँगै उक्त कार्यक्रममा मोरङ जिल्ला सभा सदस्य आस बहादुर राई, मिक्लाजुङ गाउँ सभा अध्यक्ष, सद्स्यहरु क्रमश: अभिनास राई, पन्चमान लिङ्देन र सागर लिङ्देन लगायत ले आ-आफ्नो मन्तव्य प्रस्तुत गरेको थिए ।

मोरङमा एमएनओको टोलसभा गठन

प्रमुख अतिथिद्वारा संगठनको बिधान र गोपनियता माथी सपथ ग्रहण सँगै उक्त प्रशिक्षण साथै टोर्के टोल सभा गठन सम्पन्न भएको हो । नव गठित एमएनओ टोर्के टोल सभाको पदाधिकारिहरुको विस्तृत विवरण - अध्यक्ष - नरेश राई सचिव - मनिका लिङदेन कोषाध्यक्ष - दिल कुमार राई सहसचिव - मानसिका लिङदेन सदस्यहरु ; एहाङ लिम्बू युवराज बिक आशिष लिङ्देन देवराज लिङ्देन मनोज लिङ्देन सोनिका राई अमृता राई मदन लिङ्देन सुमित्रा राई सनम राई पर्वत राई

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्